काठमाडौँ। फ्रेन्च लिग वानमा पिएसजीले मोनाकोलाई पराजित गरेको छ। गएराती भएको खेलमा पिएसजीले मोनाकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
पिएसजीको जितमा एडिसन कभानीले हयाट्रिक गरेका थिए भने एक गोल नेइमारले गरेका थिए। इन्जुरीपछि टिममा फर्किएका कभानीले हयाट्रिक गर्दै थिएरी हेनरी म्यानेजर रहेको मोनाकोलाई लज्जास्पद हार दिलाएका थिए।
जितसँगै पिएसजी १३ खेलमा सबै खेलमा जित हासिल गर्दिया ३९ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ। हारसँगै मोनाकोको संकट भने बढेको छ। मोनाकोको १३ खेलमा केवल ७ अंक रहेको छ। लिगको १९औ स्थानमा रहेको मोनाकोको यस सिजनमा लिग वानमा यो आठौ हार हो।