• २०८१ बैशाख १३ बिहीबार

उदयपुरमा दुई दिनदेखि हराएकी बालिका मृत फेला

kharibot

गाईघाट, उदयपुर। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । 

मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् । 

उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । मृतकका बुबा खड्काका अनुसार केही व्यक्तिले बलात्कार पछि छोरीको हत्या गरेको जिकिर गरे ।

गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको उनले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै