• २०८१ बैशाख १३ बिहीबार

मेरो फिल्म रिलिज हुन नदिन बलिवुडमा केहि समुह नै लागेका छन् - अभिनेता गोविन्दा 

kharibot

मुम्बई। बलिवुडमा एकसमयका सुपर स्टार अभिनेता गोविन्दाको अहिले ठिक समय चलिरहेको छैन। लगातार उत्कृष्ट कमब्याकको प्रयास गरेपनि उनका फिल्म लगातार फ्लप बन्दै गएका छन्। 

हालै गोविन्दा अभिनित फिल्म रंगिला राजालाई सेन्सर बोर्डले फिल्मका २० सिन काट्ने आदेश दिएपछि गोविन्दाले कडा प्रतिक्रिया दिदै बलिवुडकै केहि समुह आफ्नो फिल्म रिलिज हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।

भारतीय सेन्सर बोर्डका पुर्व प्रमुख पहलाज निहलानीले निर्माण गरेको यस फिल्मलाई सेन्सरले कैची चलाए पछि गोविन्दाले आफूमाथि पछिल्लो  बर्ष देखि नै यस्तो भएको बताएका छन्।

गोविन्दाले आफ्नो असन्तुष्टि व्यक्त गर्दै आफ्नो फिल्मलाई राम्रा हालमा समेत रिलिज हुन् नदिइएको आरोप लगाएका छन्। उनले भने, ;कि त मेरो फिल्म रिलिज नै नहोस या त राम्रो हलमा रिलिज नहोस भनेर एउटा समुह नै लागेका छन्। ' गोविन्दाले अगाडी भने हालै रिलिज भएको फ्राइडे राम्रो रिभ्यु पाउदा पाउदै पनि फिल्मलाई थिएटरबाट हटाइएको बताए। 

गोविन्दाले निर्माता निह्लानीसँग इल्जाम, शोला और शबनम र आँखे जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै