• २०८१ बैशाख १३ बिहीबार

वीरेन्द्रनगरमा प्रदेशकै सुविधा सम्पन्न सभागृह बन्दै

kharibot

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधा सम्पन्न सभागृह बनाउन थालिएको छ ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइले वीरेन्द्रनगर– ६ स्थित आँखा अस्पताल नजिकको ४० रोपनी जग्गामा सभाहलको योजना अघि बढाएको हो । सभागृह नहु“दा आयोजकलाई खुला मैदान, चोक–चौतारा, होटलमा सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

समानान्तर–चक्रेश्वरी–शिवशक्ति–जेभी नया“बानेश्वर काठमाडौँले गत वर्ष चैतदेखि निर्माण थालेको हो । विसं ०७६ चैतमा सम्पन्न गर्नुपर्ने यस आयोजनाको लागत रु २० करोड ५४ लाख छ । प्राविधिकका अनुसार आयोजनाको २५ प्रतिशत बढी काम पूरा भइसकेको छ । पर्खाल निर्माण, दुई ब्लकको ढलान सम्पन्न भइसकेको छ । सो गृहको चर्चा लामो समयदेखि हुँदै आए पनि गत वर्ष शहरी विकास मन्त्रालयले पहिलो किस्तावापत रु पाँच लाख निकासा गरेपछि निर्माणको बाटो खुलेको हो ।

एकाइका इञ्जिनीयर कमल दर्लामीले दीर्घकालीन आवश्यकतालाई मध्यनजर गरेर सभागृहको निर्माण थालिएको बताए । उनका अनुसार चार ब्लकमध्ये ७५५ जना अट्ने दुई बेग्लाबेग्लै भवन निर्माण गर्न लागिएको छ । ध्वनि, विद्युत प्रणाली, कार्यालय भवनलगायत आवश्यक सबै संरचनाको इञ्जिनीयरिङ ढाँचा तयार भइसकेको छ । सो गृह निर्माणलाई नगरपालिकाले सुर्खेतकै गौरवको आयोजनाका रुपमा लिएको छ । वीरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदीले सभागृह निर्माण हुनु नगरको पूर्वाधार विकासका लागि महत्वपूर्ण भएको बताए ।

“क्षेत्रीय सदरमुकाम हु“दा पनि ठूला कार्यक्रम आयोजना गर्न समस्या थियो, अहिले प्रदेश राजधानी बन्यो”, उनले भने, “अब त झन सार्वजनिक सभागृह जरुरी भइसकेको छ ।” यो गृह बनेपछि कम खर्चमा सहज व्यवस्थापनसाथ कार्यक्रम आयोजना गर्न सकिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै