Skip This

हस्तकला व्यापार मेला कात्तिक २८ गतेदेखि, देश विदेशका २ सयभन्दा बढी स्टल

खरीबोट

काठमाडौँ। कात्तिक २८ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगीता आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आयोजना गर्ने मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ भने हस्तकला प्रतियोगीतामा देशभरका व्यवसायीहरुको सहभागीता रहनेछ ।

मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुर्ती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिने हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

मेलामा हस्तकला बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गर्न १४औं हस्तकला प्रतियोगिता समेत आयोजना गरिएको छ र यस बर्ष मैनको मुर्ति बनाउने र ढाँकाको कपडा बुनाई विषयलाई समेटिएको छ । नेपालमा हस्तकलाको बजार करिब १० अर्बको रहेको छ भने सोही मात्रामा निर्यात हुने गरेको छ ।

अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भैरहेको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाख व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन ।

मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन । मेलामा ४५ जिल्लाका २०० वटा भन्दा बढी स्टलहरु सहभागी हुनेछन । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टलहरु रहनेछन ।
 

सम्बन्धित समाचार

हस्तकला ब्यापार मेला समापन, करिब ९ करोडको कारोबार 

काठमाडौँ। ५ दिनसम्म चलेको १६औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता आइतबारदेखि सम्पन्न भएको छ। मेलाको अन्तिम दिन आइतबार पनि भृकुटीमण्डपमा आगन्तुकहरुको निकै घुईचो रहेको थियो ।  मेलाको अवधिमा

नेपाली हस्तकलामा अवलोकनकर्ताको चासो  

काठमाडौँ। १६औं हस्तकला व्यापार मेलाको तेश्रो दिन भृकुटिमण्डप स्थित प्रदर्शनी हलमा अवलोकनकर्ताहरुको राम्रो उपस्थिती रहेको थियो । नेपाली र विदेशी आगन्तुकहरुको उल्लेख्य उपस्थिती भैरहेको यस मेलामा प्राय सबै आगन्तुकहरुको नेपाली उत्पादन

हस्तकला मेलाको दोश्रो दिन : मित्र राष्ट्रका राजदूतहरुको आगमन

काठमाडौँ। १६औं हस्तकला व्यापार मेलाको दोश्रो दिन भृकुटिमण्डपमा अवलोकनकर्ताहरुको अपार भीड रहेको थियो । मेला अवलोकन गर्न नेपालको लागि महामहिम जर्मन राजदूत रोनाल्ड स्काफरले मेला अवलोकन गरेका छन् । उनले मेला

विश्वको ३५औंँ कला नगरीका रुपमा ललितपुर

काठमाडौँ। विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५ औंँ कला नगरीका रुपमा घोषणा गरेको छ । विश्व कला परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घादा हिज्जाबी कदामीले आज महानगरपालिकाका प्रमुख चिरीबाबु


z