क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेका अष्ट्रेलियन नागरिकसहित ४ नेपाली पक्राउ

खरीबोट

बर्दिया, गुलरिया। । बर्दियाको गुलरिया बजार क्षेत्रमा क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिडेका एक अष्ट्रेलियन महिला सहित ४ जनालाई पक्राउ गरिएको छ । घर घर पसेर धर्मको प्रचारप्रसार गर्दै हिडेको सुचनाका आधारमा सोमवार जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुलाई कार्यालयमा झिकाई जाँचवुझ गर्दा घर घरमा गयर धर्म प्रचार गरेको पाईएपछि प्रहरीको जिम्मा लगाईएको जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र जंग शाहिले बताए । 

जाच बुझ गर्ने क्रममा ति व्यक्तिहरुबाट बाइबलहरु, क्रिश्चियन धर्म प्रचार सम्बन्धि भिडियो र अन्य धेरै पर्चा पम्पलेटहरु र क्रिश्चियन धर्मका धेरै मात्रामा किताबहरु बरामत भय पछि प्रहरीको जिल्ला लगाईएको समेत निमित्त प्रमुख जिल्ला अधिकारी शाहिले बताए । उनीहरु धर्म प्रचारकै लागि घरदैलोमा हिडेको पुष्टि भएकाले प्रहरीको जिम्मा लगाएका हौं । 

शाहीले भने ग्रुप बनाएर छ्याप्छ्याप्ती धर्म प्रचारका लागि घरदैलोमा हिँडेको सुचना प्राप्त भएपछि हामीले अनुसन्धान थालेर पक्राउ गरि प्रहरी को जिम्मा लगाएको शाहिले भने ।
प्रहरीले ईसाइँ धर्म प्रचार गर्दै हिडेका पासपोर्ट साथमा नभए पनि पासपोर्ट नम्वर एन ७००७३७११ भएको बताउने अष्ट्रेलियन महिला क्याटीया ग्रान, नेपालगञ्ज निवासी श्वेता मानन्धर र श्रीजन मानन्धर, दैलेखका तेजबहादुर शाही र मधुवन नगरपालिका वार्ड नम्वर ६ बर्दियाका दलबहादुर तिरुवा गरि ४ जना नेपाली सहित १ जना अष्ट्रेलियन महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।

भिजिट भिषामा नेपाल छिरेकी विदेशी महिलाले धर्म प्रचारमा लागेको पाईएकाले अनुसन्धान पश्चात उनलाई अध्यागमन विभाग कालिका स्थान काठमांडौ पठाईएको एसपी मैनालीले जानकारी दिए ।

अनुसन्धानका क्रममा विदेशी सहित अन्य ४ जनाले घरघरमा गई धर्मप्रचार प्रसार तथा विभिन्न प्रलोभनमा धर्म परिवर्तन गर्र प्रोत्साहन गर्न लागेको पाईएकाले मुलुकी अपराध संहिता ०७४ को दफा १५५ बमोजिम धर्म सम्वन्धी कसुरमा मुद्दा चलाएका छौं । कानून विपरित जवरजस्ती धर्म परिवर्तन गराउने कसैलाई पनि नछाडिने उनले बताए । 
 

सम्बन्धित समाचार

बर्दियामा बाघको संख्या बढेपछि पर्यटकको घुइँचो

बर्दिया । बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’

बर्दियामा यस वर्षकै बढी गर्मी,जनजीवन प्रभावित

राजापुर । बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् ।  वैशाखको

रकम फ्रिज गराउन खोजेको भन्दै बडा कार्यालयमा तालाबन्दी

बर्दिया, बढैयाताल ।  बाटो बनाउनका लागि आएको रकम फ्रिज गर्न खोजिएको भन्दै स्थानीयले बढैयाताल गाँउपालिका बडा नं ६ को बडा कार्यालय स्थानीयले तालाबन्दी गरेका छन । पटक पटक बडा अध्यक्ष र

बर्दियामा मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया


z