• २०८१ बैशाख ८ शनिबार

दक्षिण अफ्रिकी लिजेण्ड क्रिकेटर जोन्टी रोड्स काठमाडौँमा 

kharibot

काठमाडौँ। दक्षिण अफ्रिकी लिजेण्ड क्रिकेटर जोन्टी रोड्स काठमाडौँ आएका छन्। क्रिकेटमा आफ्नो फिल्डिङले चिनिने रोड्स नेपालमा दुई साताका लागि काठमाडौँ आएका हुन्।

काठमाडौँ रातो पुल स्थित इन्डोर क्रिकेट एकेडेमी नेपाल क्रिकेट स्कुलको पहलमा रोड्स नेपाल आएका हुन्।  नेपाल बसाईको क्रममारोड्सले विभिन्न तहका प्रशिक्षक, खेलाडीहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एकेडेमीले जानकारी दिएको छ। 

नेपालमा रहदा रोड्सले टियु मैदानमा फिटनेस टेस्ट र ट्रेनिंग गर्नेछन् भने नेपाली युवा खेलाडीहरुसँग 'हाई पर्फर्मेन्स क्याम्प' गर्ने आयोजकले जानकारी दिएका छन् ।

रोड्सले नेपाल बसाईका क्रममा आफ्नो अनुभवलाई नेपाली क्रिकेट प्रशिक्षक र खेलाडीलाई सेयर गर्न आफु काठमाडौँ आएको बताउदै आफूसँग उपलब्ध सिमित स्रोत र साधनले पनि क्रिकेटमा नेपाले राम्रो गरेकोमा खुशी व्यक्त गरेका छन्। रोड्सले नेपाली जुनियर टिमले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेको बारे आफु जानकार रहेको बताउदै रोड्सले पूर्वाधारको अभावमा जुनियर टिमको प्रदर्शनले निरन्तरता पाउन नसकेको आफ्नो बुझाई रहेकॊ बताए।

उनले आफुले आफ्नो १० दिनको बसाईको क्रममा ५०-६० खेलाडीलाई ट्रेनीङ दिने भन्दा ८-१० प्रशिक्षकलाई प्रशिक्षण दिएर तयार गर्नसके उनीहरुले धेरै खेलाडीलाई सिकाउन  सक्ने रहेको बताए।       

४९ बर्षिय रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका थिए। २००३ को एकदिवसीय बिश्वकप पछि सन्यास लिएका दायाँ हाते ब्याट्सम्यानले टेस्टमा ३५.६६ को औशतले २,५३२ रन तथा एकदिवसीयमा ३५.११ को औशतले ५९३५ रन बनाएका छन्।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै