• २०८१ बैशाख ७ शुक्रबार

‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा अनुबन्ध 

kharibot

काठमाडौँ। नायिका पूजा शर्माले महंगो पारिश्रमिक लिदै नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा अनुबन्ध भएकी छिन् । यसअघि आफै चलचित्र निर्माण गर्दै आएकी पूजाले यसपटक भने यो चलचित्रमा अभिनय मात्र गर्ने भएकी छन् । 

एभी प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।यो चलचित्रमा नायिका पूजा शर्माको साथमा नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ । 

एक जना नायकको खोजी भैरहेको निर्माणपक्षले बताइएको छ । नायिका पूजा शर्माले यो चलचित्रका लागि १५ लाख पारिश्रमिक लिएकी छिन् । आफ्नो ब्यानर भन्दा बाहिरको चलचित्रमा पूजाले ‘म यस्तो गीत गाउँछु र रामकहानी’पछि काम गर्न लागेकी हुन् । दुवै फिल्ममा पूजा निर्मात्री समेत रहेकी थिइन्।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै