• २०८१ बैशाख ६ बिहीबार

दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

kharibot

दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेल पाण्डेका अनुसार मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत हुनसकेको छैन । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ ।

दुर्घटनामा परी प्यूठानको माण्डवी गाउँपालिका–१ कुमलटारका २० वर्षीय कमल अधिकारी घाइते भएका छन् । उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै