विश्वका अत्यन्त शक्तिशाली सुपरकम्प्युटरहरुको सूचीमा अमेरिकाले चीनलाई तेस्रो स्थानमा धकेलिदिएको छ । पहिलो र दोस्रो स्थान कब्जा गर्दै अमेरिकाले चीनलाई तेस्रो स्थानमा धकेलिदिएको हो ।
उच्च ५०० त्यस्ता कम्प्युटरको सूची पछिल्लोपटक एकै वर्ष दुई पटक प्रकाशित गरिएकोमा अमेरिकी समिट र सिएरा मेसिनले पहिलो र दोस्रो स्थान कब्जा गरेका हुन् । टप १० मध्ये अमेरिकाको पाँच इन्ट्री छ भने बाँकीमा स्विट्जरल्यान्ड, जर्मनी र जापानका छन् ।
चीनसँग टप ५०० मध्ये कुल २२७ त्यस्ता मेसिन छन् भने अमेरिकासँग १०९ वटा रहेको छ ।
अमेरिकी समिटले प्रतिसेकेण्ड २ सय ट्रिलियन क्याल्कुलेसन प्रक्रिया पूरा गर्नसक्छ । समिट र सिएरा दुवै प्रविधि कम्पनी आईबीएमले बनाएको हो ।
त्यस्तै चीनको सनवे टाइहललाइट सुपरकम्प्युटर अहिले तेस्रो नम्बरमा रहेको छ । अघिल्लो वर्ष यो सुपरकम्प्युटर पहिलो स्थानमा रहेको थियो । त्यस्तै चौँथो नम्बरमा पनि चीनकै मेसिन रहेको छ ।
समिटको २०० को तुलनामा सनवे टाइहललाइट सुपरकम्प्युटरको ९३ पेटाफ्लप्स प्रोसेसिंग पावर रहेको छ ।
त्यस्तै दोस्रो स्थानको सिएराको प्रोसेसिंग पावर ९४ पेटाफ्लप्स रहेको छ । जुन लरेन्स लिभरमोर नेशनल ल्याबमा रहेको छ ।
सामान्यतया सुपरकम्प्युटरहरु एकदमै ठूला र महंगा प्रकृतिका दशौँ हजार प्रोसेसरहरुको सिष्टम फिचरहरु रहेका हुन्छन् । खासगरी विशिष्टीकृत क्याल्कुलेसन इन्टेन्सिभ टास्क प्रयोजनका लागि यस्ता कम्प्युटरहरु बनाइएका हुन् । जस्तै जलवायु परिवर्तनको अध्ययन, आणविक हतियार तथा मौसम भविष्यवाणीबारे अध्ययन गर्न यी कम्प्युटरहरुको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।