• २०८१ बैशाख १२ बुधबार

ललितपुरको हरिसिद्धिमा बाघ आतंक

kharibot

काठमाडौं । केही समयअगाडि अर्घाखाँची जिल्लामा बाघले बच्चा खाएको समाचार सेलाउन नपाउँदै ललितपुरमा पनि बाघ आतंक सुरु भएको छ । 

ललितपुर महानगरपलिका २८ हरिसिद्धिमा रहेको एटाइम एग्रिकल्चरल रिसर्च एन्ड डेभ्लपमेन्ट फार्म प्रालिको बाख्राको खोरमै आक्रमण गरी एउटा माउ बाख्रो मारिदिएको उक्त फार्मले जनाएको छ ।  

एटाइम एग्रिकल्चरल नेपालमै केही गरौ भन्ने उद्देश्यले स्थापना भएको कृषि क्षेत्रको परियोजना रहेको फार्मको भनाइ छ । संस्थाका अनुसार देश तथा विदेशमा रहेका नेपाली युवाहरुलाई समेटेर केही नयाँ गरौँ भन्ने उद्देश्यले यो क्षेत्रमा संस्था लागेको छ ।

उसले किसानले सरकारबाट खासै सहयोग नपाएको जनाउँदै दुःख समेत व्यक्त गरेको छ । 

संस्थाका सीईओ वसन्त भुसालले भने, ‘कृषिबीमाको तथा कृत्रिम गर्भाधानबारेमा सुनिएको तर बीमा सेवा प्रदान गर्ने इन्सुरेन्स कम्पनीलाई सम्पर्क गर्दा हामी गाईको मात्र गर्छौँ बाख्राको गर्दैनौँ भन्ने तथा उपत्यकामा बाख्राको कृत्रिम गर्भाधानको पनि सुविधा छैन । यसबारेमा खुमल्टारमा रहेको पशुसेवाप्रजनन केन्द्रमा संपर्क गर्दा हामीले सरकारी तबरबाट गर्दैनौँ, हामी विशेषज्ञ हो र प्राइभेट रुपमा तपाईंलाई सेवा दिँदा तपाईंको खर्चले धान्दैन भन्दै निरुत्साहित गर्ने काम भयो ।"

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै