• २०८१ बैशाख ७ शुक्रबार

दाङमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

kharibot

दाङ । दाङमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ ।

घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६ सानीअम्बापुर निवासी ४२ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

खत्रीलाई टिपरले च्यापेको छ । ठक्करपछि सडकदेखि तल खसेका मोटरसाइकल चालक सानीअम्वापुरकै वसन्त गिरी घाइते भएका छन् । गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरी चौकी सर्राले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विवेक महराले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै