• २०८१ बैशाख १३ बिहीबार

टी-२० क्रिकेटको अलराउन्डर वरियतामा पारस खड्का ४१औ स्थानमा 

kharibot

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी-२० क्रिकेटको वरीयताको अलराउन्डरतर्फ ४१औं स्थान रहेका छन् ।आईसीसीको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय टिमका काप्तान पारस शीर्ष ५० भित्र परेका हुन्।

पारसले इङल्याण्डका जोय रुट, बेन स्टोक्स, वेस्ट इन्डिजका केरन पोलार्ड, जिम्बावेका सिकन्दर राजाजस्ता चर्चित खेलाडी भन्दा पारस अगाडी रहेका छन्। वरियतामा रुट ४३औं, पोलार्ड ४६औं, स्टोक्स ४८औं र राजा ५३औं स्थानमा छन् । पारस टी-२० क्रिकेटको ब्याटिङतर्फको वरीयतामा पनि समावेश छन्। उनी ब्याटिङतर्फ समावेश एक सय खेलाडीमध्ये ९३औं स्थानमा छन्।

टी-२० क्रिकेटको ब्याटिङतर्फ नेपाली खेलाडीमा उनी मात्र परेका छन् भने अलराउन्डरतर्फ भने पारससँगै सोमपाल कामीले पनि स्थान पाएका छन्। अलराउन्डरतर्फ सोमपाल ६४औं स्थानमा छन्। 

सोमपाल टी-२० को बलरको वरीयतामा ९४औं स्थानमा छन्। बलरतर्फ उनीभन्दा अगाडि नेपाली खेलाडी वसन्त रेग्मी ७५औं स्थानमा छन्। बलरतर्फ पनि नेपाली खेलाडीमा वसन्त र सोमपाल मात्र परेका छन्। 

आईसीसीको नियमअनुसार एकदिवसीय क्रिकेटको खेलाडी वरीयतामा समावेश हुन नौदेखि १२ महिना एकदिवसीय मान्यता प्राप्त खेल खेलेको हुनुपर्ने प्रावधान छ । गत मार्चमा एकदिवसीय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग २ एकदिवसीय खेल खेलेको छ भने युएइसँग एक एकदिवसीय खेल खेलेको छ।  

यद्यपि नेपालले एकदिवसीय टोलीको मान्यता प्राप्त गरेको आठ महिना मात्रै भएकाले नेपाली खेलाडी वरीयता प्रणालीमा प्रवेश गर्न नपाएका हुन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै