• २०८१ बैशाख ८ शनिबार

न्याय क्षेत्रमा दक्ष जनशक्तिको अभाव -कानुनमन्त्री ढकाल 

kharibot

काठमाडौँ। कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले न्याय क्षेत्रमा दक्ष जनशक्ति अभाव हुँदै गएको बताएका छन्। युवा तथा क्षमतावान व्यक्तिको न्याय सेवामा काम गर्ने रुचि घटेका कारण पछिल्लो समय यो क्षेत्रमा योग्य जनशक्तिको अभाव खड्किएको मन्त्री ढकालले बताएका छन् ।

सोसल इन्जिनियरिङ स्कुल नेपाल (सेसन) को प्रतिनिधिमण्डलसँग मन्त्रालयमा मंगलबार मन्त्री ढकालले न्यायाधीशका अतिरिक्त अन्य जनशक्ति पनि सशक्त भए न्याय क्षेत्रबाट अपेक्षाअनुसार कार्य सम्पादन गर्न सकिने बताए। 

त्यसका लागि सहयोग गर्न उनले कानुन व्यवसायीसँग आग्रह गरे। संविधानसँग बाझिएका थुप्रै कानुन संशोधन गर्न बाँकी रहेको पनि उनले जानकारी दिए। उनले भने, ‘न्याय क्षेत्रमा अझै पनि सुधारका धेरै काम बाँकी छन्। यसका लागि हामी प्रभावकारीरूपले काम गरिरहेका छौं।’

सोही अवसरमा सेसनका अध्यक्ष आरसी गौतमले कानुनी क्षेत्रमा पर्याप्त जनशक्ति रहेको र त्यसलाई प्रयोग गरेर अगाडि बढ्न कानुनमन्त्रीको ध्यानाकर्षण गराए। उनले भने, ‘हामी कानुनका क्षत्रको विकास गर्न स्वयंसेवका रूपमा काम गर्न तयार छौं।’ 

सेसन अध्यक्ष लगायत उपाध्यक्ष प्रमोद कुमार थापा, महासचिव कृष्ण बहादुर खनाल, सचिव दीपकराज जोसी तथा सदस्यहरूसहितको प्रतिनिधिमण्डलले भेटका क्रममा आवश्यक परे सरकारलाई स्वयंसेवीरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै