• २०८१ बैशाख १२ बुधबार

रियल म्याड्रिडको प्रमुख प्रशिक्षक बने सान्टियागो सोलारी

kharibot

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिडले अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई क्लबको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले सोमबार बसेको क्लबको बोर्ड बैठकले सोलारीलाई सन् २०२१ को जन ३० सम्म क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ। 

रियलले यसको औपचारिक घोषणा गर्दै अन्तरिम प्रशिक्षकको रुपमा लगातार ४ खेलमा रियललाई जित दिलाएपछि रियल व्यवस्थापनको पहिलो रोजाइमा सोलारी परेका हुन्। यस अघिका प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेर गत अक्टोबर २९ मा दोस्रो टिमका प्रशिक्षक सोलारीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

१५ दिनभन्दा बढी अन्तरिम प्रशिक्षक राख्न नपाउने स्पेनिस फुटबल संघको नियम अनुसार रियलले सोलारीलाई नै निरन्तरता दिने निर्णय गरेको हो । प्रशिक्षण सम्हालेयता सोलारीले रियललाई सबै चार खेलमा जित दिलाएका थिए, जुन क्लबको इतिहासमा कुनै पनि प्रशिक्षकको सबैभन्दा राम्रो सुरुवात हो ।

उनले कोपा डेल रे अन्तर्गत मेलिल्लालाई, च्याम्पियन्स लिगमा भिक्टोरिया प्लाजेनलाई र ला लिगामा रियल भालाडोलिड र सेल्टा डि भिगोविरुद्ध जित दिलाएका थिए । पछिल्ला ४ खेलमा रियलले कुल १५ गोल गरेको थियो भने केवल २ गोल खाएको थियो। 

ला लिगामा रियल म्याड्रिड अहिले १२ खेलमा २० अंकसहित छैठौ स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा चार अंकले मात्र पछाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै