• २०८१ बैशाख ७ शुक्रबार

बलात्कारको आरोप लागेका अलोकनाथ कलाकारको संघबाट निकालिए 

kharibot

मुम्बई। #MeToo अभियान अन्तर्गत यौनशोषण र बलात्कारको आरोप लागेका बलिवुडका संस्कारी बाबुका छबि बनाएका आलोकनाथलाई सिने एंड टीवी आर्टिस्ट्स एसोसिएशन (सिटा) ले कारवाही गरेको छ।

आरोप लागेको सिटाले एक महिना पछि आलोकनाथलाई यौन शोषणको आरोप लागेकाले आलोकनाथलाई एसोसियशनबाट निस्कासित गरेको जानकारी दिएको छ। 

आलोकनाथलाई ८०-९० को दशककी चर्चित टेलिभिजन लेखिका तथा निर्देशक विन्टा नन्दाले बलात्कारको आरोप लगाएकी थिइन्। नन्दाले २० बर्ष अगाडीको घटना अहिले सार्वजनिक गर्न आफुमा बल्ल आँट आएको उल्लेख गर्दै अलोकनाथले आफुलाई बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी समेत दिएकी छन ।

#MeToo अभियान अन्तर्गत बलिवुडमा एक पछि अर्को यौन शोषणको खुलासा हुदा अभिनेता नाना पाटेकर, निर्देशक शाजिद खान, निर्देशक विकास बहल जस्ता चर्चित सेलिब्रेटीले  गुमाएका छन्।      


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै