• २०८१ बैशाख १३ बिहीबार

उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

kharibot

बारा। तराई मधेस बासीहरुको सामुदायका बिच ज्यादै नैं महत्वपूर्ण मानिने छठपर्व बुधवार उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिँदै सम्पन्न भएको छ । तराई मधेसका प्राय: हरेक शहर–बजार एवंम् गाँउ–टोलमा यो छठपर्व मनाइँने भएको हुँदा नजिकैको नदी, पोखरी वा ताल–तलैयाको किनारमा बनाईएका छठ घाटमा छठ ब्रतालुहरुले उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिएका हुँन् ।

तराईको बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाही, जनकपुर लगायतको विभिन्न जिल्लाको हरेक क्षेत्रको विभिन्न स्थानका छठ बतालुहरु बस्ने छठ घाट नजिक ठुल्ठुल्ला स्वागतद्वार बनाईएको थियो । 

छठीमाईको स्थल वर–पर भने टेण्ड (सम्याना) पण्डाल लगाएर छठीमाईलाई दुल्ही झैं सिंङ्गारिए जस्तै आयोजक समितिहरुका साथै स्थानीय बासिन्दाहरु पनि एक जुट भई एक आपसमा सहकार्य गरि छठ पर्व मानएका थिए ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं.७ जीतपुर स्थित रातोपुल , सिमरा स्थित छठीमाई पूजा समितिको परिसर , स्थानीय ठाठीमाई छठ घाट , केराढोका , टेंढारोड् , खालकाटोला , सदरमुकाम कलैयाको सिद्धेश्वर पोखरी , रामजानकी मंदिर , बरेवा छठीमाई पोखरी सहिँत बेलहिया , प्रस्टोका , सिम्रौनगढ , कचोर्वा , बरियारपुर , प्रसौनी , फेंटा , ईनर्वासिरा , परवानीपुर , फत्तेपुर , मनहर्वा , डुमरवाना , पथलैया , आमलेखगंज , निजगढ , पर्साको घडियर्वा पोखरी , रानी घाट , केहुनियाको तिलावे नदी , पोखरिया , निचुटा लागायतका तराईको हरेक जिल्लाको विभिन्न स्थानहरुमा छठीमाईलाई दुल्ही झैं सिंगारिए जस्तै सजाएर पर्व मनाईएको हो ।

कार्तिक महिनाको षष्ठीमा मनाइँने छठ पर्वमा अनिवार्य प्राकृतिक सामग्रीहरु दउरा –बाँसबाट बनाईएको टोकरी) , नाङ्गलो , सुपली , पित्तल , बाँस तथा माटोले बनाईएको विभिन्न भाँडा बर्तन , नरिवल , पान , सुपारी , उँखु , अदुवा , निम्बु , सुन्तला , स्याउ , केरा , सिंङ्गडा , सरिफा , चामलको अछेता , अबिर , सिन्दुर , मुला , फर्सि र पिठोबाट बनाईएको ठेकुवा , खजुरी लगायतका पूजाका विभिन्न सामाग्रीहरु लिएर छठ पूजा गरिने गरिएको स्थानीय गणेश जी प्रसाद साहले बताए ।

निकै नैं कठोर व्रत रहेको यस छठ पर्वको पहिलो दिन आईतवार नहान खान गरि चोखो खाना खाएर छठपर्व शुरु भएको हो । सोमवार भने दिन भर उपवास बसेर छठ ब्रतालुहरुले रातमा रसियाव रोटी (खरना) बनाएर खाएका थिए । भने हिजो मंगलवार साँझ पख छठ घाटमा गएर पूजा बस्ने र अस्ताउँदै गरेको सूर्य देवलाई अर्घ दिईएको थियो ।

धार्मिक मान्यता अनुसार पर्व बस्नाले घर परिवारको सुख , शान्ति , समृद्धिसँगै आ–आफ्ना मनोकांक्षा सजिलै पुरा हँुने जन बिश्वास सँगै छठपर्वले व्यापक्ता पाएको हो । छठ पर्वको मुख्य बिशेषता भनेको सबैले उदाउँदै गरेको सुर्यलाई ढोग्छन् । तर , यहाँ अस्ताउँदै गरेको सुर्य भगवानलाई पनि बडो श्रद्धा पूर्वक ढोग्ने काम गरिने स्थानीय कृष्णवर्त सिंहले बताए ।

यसको अर्को विशेषता भनेको तराई मधेसका दलित , जनजाती तथा मुस्लिमहरुले पनि एकै ठाउँमा बसेर पूजा गर्नेले यसलाई मेल–मिलाप , सद्भाव तथा साहिँष्णुताको प्रतिक पनि मानिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै