• २०८१ बैशाख १३ बिहीबार

सिक्काले भरिएको बाथटब लिएर आइफोन किन्न पुगे एक युवक 

kharibot

काठमाडौं । एप्पलले केही समयअघि विश्वकै महँगो आइफोन एक्सएस र एक्सएस म्याक्स सार्वजनिक गरेको थियो । १ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने यो आइफोन बेच्न कुन चाहिँ पसले खुसी नहोला र ? 

तर, केही दिनअघि मात्रै आइफोन किन्न एक ग्राहक पसलमा पुगे । पसलेले आइफोन बेच्दा उनको हालत खराब भयो । 

स्मार्टफोन किन्न प्रायः क्रेडिट÷डेबिट कार्ड अथवा नोटको प्रयोग गरिन्छ । तर, रुसमा आइफोनका सौखिन एक युवकले आइफोन एक्सएस किन्न सिक्काले भरिएको बाथटब नै लिएर पसलमा पुगे ।

बाथटबमा १ लाख रुसी रुबल (करीब १ लाख ७० हजार रुपैयाँ) थियो । यो उनले एप्पलको आइफोन एक्सएस (२५६ जीबी) किन्नलाई जम्मा गरेका थिए । 

सिक्काले भरिएको बाथटब उठाउन मात्रै पनि धेरै जनाको आवश्यकता थियो । फोटोमा देखिएको भीड बाथटब उचालेर पसलसम्म पुर्याउन आएका मानिसको हो । 

अचम्मको कुरा सिक्काले भरिएको बाथटब देखेर पसलेले उनलाई फर्काएनन्, बरु सिक्का गन्न निर्धक्क बसे ।

प्रायः आइफोन किन्न ईएमआईको प्रयोग गरिनेमा यी युवकले भने यस्तो अनौठो तरिका अपनाए । त्यसो त विश्वमै आइफोनप्रतिको पागलपन कम्ती छैन । तथापि, यी युवकले भने आइफोन किन्न यस्तो तरिका अपनाए जुन प्य्राङ्क हो अथवा पागलपन हो अथवा अरु नै केही त्यो भने छुट्याउन निकै गाह्रो छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै