• २०८१ बैशाख १३ बिहीबार

ब्याकअप नलिए डिलिट हुन्छ ह्वाट्सएपको सम्पूर्ण डाटा 

kharibot

काठमाडौं । संसारकै प्रसिद्ध म्यासेजिङ एप ह्वाट्सएपले युजरहरुले आफ्नो डाटा गूगल ड्राइभमा सेभ नगरे गुमाउने चेतावनी दिएको छ । 

ह्वाट्सएपले गत अगस्टमा गूगलसँग एक सम्झौता गरेको थियो । सम्झौता ह्वाट्सएपको डाटा गूगल ड्राइभ क्लाउड स्टोरेज सर्भिसमा सेभ राख्ने विषयसँग सम्बन्धित थियो । 

युजरले आफ्नो फोनको मेमोरी धेरै उपयोग गर्न सकून् भनेर यस्तो सम्झौता गरिएको ह्वाट्सएपले बताएको छ । फोन परिवर्तन गरे पनि डाटा सजिलै प्राप्त गर्न सकिने भएकाले यो निकै उपयोगी रहेको उसको भनाइ छ । 

तर, ह्वाट्सएपले एक वर्षसम्म अपडेट नगरेमा कुनै पनि ब्याकअप गूगल ड्राइभ स्टोरेजबाट आफै डिलिट हुने चेतावनी दिएको छ । ह्वाट्सएपको यस्तो कदमले गूगल ड्राइभमा डाटा र च्याट हिस्ट्ररीको ब्याकअप नराख्ने युजरलाई भने असर पर्ने बताइएको छ । 

ह्वाट्सएप डाटाको म्यानुअल्ली ब्याकअप लिने तरिका :

सबैभन्दा पहिला ह्वाट्सएपको सेटिङमा जानुहोस्, त्यसपछि च्याटमा गएर च्याट ब्याकअप सेलेक्ट गर्नुहोस् । 

त्यहाँ ब्याकअपको अप्सन देखिन्छ, त्यसलाई क्लिक गर्नुहोस् । यदि वाइफाइको अप्सन सेलेक्ट छ भने वाइफाइमा ब्याकअप गर्नुहोस् र यदि छैन भने ब्याकअप ओभरमा अप्सन परिवर्तन गर्न पनि सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै