• २०८१ बैशाख ५ बुधबार

महिलालाई छोरी र पुरुषलाई छोरा मन पर्ने अध्ययनको दाबी ! 

kharibot

एक नयाँ अध्ययनले आफ्नो मन पर्ने बच्चामध्ये महिलालाई छोरी र पुरुषलाई छोरा नै मन पर्ने खुलासा गरेको छ । न्यु ब्रुनस्विकको रुटजर युनिभर्सिटीका अध्ययनकर्ताले गरेको रिसर्चले यस्तो खुलासा गरेको हो । 

उक्त अध्ययनटोलीका प्राध्यापक लि क्रोंकले परिवारलाई सुखी र खुसीले पूर्ण बनाउन रिसर्चले सहयोग गर्ने बताए । अध्ययनमा सहभागीहरुले अगाडिका अध्ययन, धनी, गरिबसँग सम्बन्धित सोचाइहरुको एउटा तह पार गरेका थिए । त्यसपछि रिसर्चरहरुले धेरै कोणहरुबाट उनीहरुको रुचिबारे प्रश्न गरेका थिए । 

रिसर्चकै क्रममा सहभागीहरुको लिंगअनुसार रुचिमा प्रभाव पर्ने गरेको पाइएको थियो । यो अध्ययन साइन्टिफिक रिपोर्टमा प्रकाशित भएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै