• २०८१ बैशाख १४ शुक्रबार

पाटन शहर वर्ल्ड क्राफ्ट सिटी घोषित, चिरिबाबूले बुझे प्रमाणपत्र 

kharibot

काठमाडौँ। एेतिहासिक सहर ललितपुरको पाटन शहर विश्वको कलात्मक सहर (वर्ल्ड क्राफ्ट सिटी) घोषित भएको छ। वर्ल्ड क्राफ्ट काउन्सिलले पाटनलाई विश्वका कलात्मक सूचिमा राखेको हो। 

वर्ल्ड क्राफ्ट एसिया प्यासिफिकका अध्यक्ष डा. खाडा हिजावीले पाटनलाई वर्ल्ड क्राफ्ट सिटी घोषणा गरेको प्रमाणपत्र ललितपुर महानगरपालिकाका मेयर चिरबाबू महर्जनलाई हस्तान्तरण गरेकी छन् । १६औ हस्तकला व्यापार मेलाको उद्घाटन कार्यक्रममा अध्यक्ष हिजावीले मेयर महर्जनलाई प्रमाणपत्र प्रदान गरेकी हुन् । यो संस्थाले अहिलेसम्म पाटनसहित विश्वका ३५ सहरलाई कलात्मक सहर घोषणा गरेको छ।

वर्ल्ड क्राफ्ट काउन्सिलको एशिया प्यासिफिकका उपाध्यक्ष समेत रहेका नेपाल हस्तकला महासंघका अध्यक्ष धर्म राज शाक्यले वर्ल्ड क्राफ्ट सिटीको घोषणापछि नेपालको हस्तकलाको थप विकासमा मद्धत पुग्ने भन्दै अध्यक्ष शाक्यले हस्तकला क्षेत्रमा काम गर्ने कलाकार र व्यवसायी दुवैलाई यसले फाइदा पुग्ने विस्वास गरेका छन्। 

ललितपुरको पाटनलाई हस्तकला र परम्परागत कलासस्कृतिको उद्गमस्थल भनिदै आएकोमा वर्ल्ड क्राफ्ट सिटीको स्ट्याटस पछि अन्तर्राष्ट्रिय मान्यता पाउने शाक्यले दाबी गरे। यस क्षेत्रमा उत्पादित  सामग्रीले अन्तर्राष्ट्रिय बजारमा राम्रो मुल्य पाउने र कलाकारको पनि अन्तर्राष्ट्रिय बजारमा प्रचलित हुन थप सहयोग पुग्ने शाक्यले खरीबोटलाई बताए । 

वर्ल्ड क्राफ सिटीको मान्यता एसिया प्रशान्त क्षेत्रका २७, दक्षिण अमेरिकाका ६ र युरोपका २ सहर यो सूचिमा छन्।  सन् १९६४  मा स्थापना भएको वर्ल्ड क्राफ्ट काउन्सिल युनेस्कोसँग आवद्ध छ । यो संस्थाले विश्वभर कला तथा स‌ंस्कृतिको क्षेत्रमा काम गर्दै आएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै