• २०८१ बैशाख ७ शुक्रबार

रक्सी खाएर गाडी चलाएका रुनीलाई दुईबर्ष गाडी चलाउन प्रतिबन्ध

kharibot

काठमाडौँ । इङल्याण्डका पूर्वकप्तान वाइन रुनीलाई ब्रिटेनको एक म्यजिस्ट्रेट अदालतले दुई बर्षका लागि ड्राइभिङ गर्न प्रतिबन्ध लगाएको छ ।  साथै अदालतले इभर्टनका स्ट्राइकर रुनीलाई एक सय घण्टा निशुल्क कम्युनिटी सेवा गर्ने सजाय पनि सुनाएको छ ।

रक्सी खाएर गाडी चलाएको आरोपमा गत सेप्टेम्बर एक मा पक्राउ परेका रूनीले अदालतमा आफ्नो आरोप स्वीकार गरेपछि अदालतले यस्तो सजाय सुनाएको हो ।
त्यस्तै रुनीलाई उनको क्लब इभर्टनले पनि दुई हप्ताको पारिश्रमिक रकम सजाय स्वरूप तिराउने भएको छ ।  त्यस्तै अदालतले सन् २०१९ फेब्रुअरी २ सम्म विशेष ड्राइभिङ कोर्स गरे उनको दुई बर्षको ड्राइभिङ प्रतिबन्ध २४ हप्तामा झर्ने बताएको छ ।
अदालतको निर्णय पछि रुनीले एक व्यक्तव्य जारी गर्दै आफ्ना परिवार, म्यानेजर, कल्ब र सम्पूर्ण फ्यानसँग माफी मागेका छन् ।
रुनीले अदालतले सुनाएको सजाय स्वीकार गर्दै कम्युनिटी सेवा मार्फत आफ्नो गल्तीको प्रायश्चित गर्ने उल्लेख गरेका छन् ।
आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडसँग गएराती ४-० ले पराजित भएपछि रुनी म्यजिस्ट्रेट अदालतमा हाजिर भएका थिए ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै