• २०८१ बैशाख ६ बिहीबार

नेप्सेमा सामान्य अंकले सुधार, तीन वटा समुहले कमाउँदा छ वटाले गुुमाए

kharibot

काठमाडौं । अघिल्लो दिन १३ अंकले बढेको सेयर बजारमा आज भने सामान्य अंकको मात्र सुधार देखिएको छ । आज बुुधबार सेयर बजार परिसुचक शुन्य दसमलव ९८ अंकले बढेर १२ सय आठ दसमलव ५६ बिन्दुुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव १७ अंकले बढेर दुुई सय ५७ दसमलव छ बिन्दुुमा चढेको  छ ।

एक सय ४४ कम्पनीहरुको दुई हजार छ सय २८ वटा कारोवारमा सात लाख ८५ हजार नौ सय ९३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १७ करोड ८३ लाख ८० हजार नौ सय ३७ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज नौ वटा समुहको कारोवार तीन वटा समुहको सुचकमा सुधार आएपनि छ वटा समुहको सुचक उच्च बिन्दुुले घटेकाछन । बाँणिज्य बैैंक समुहको सुचक दुुई दसमलव ७८ अंकले बढेर एक हजार ६४ दसमलव ४८ बिन्दुमा चढ्दा ११ करोड ३६ लाख ७५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैैंक समुहको सुचक पनि तीन दसमलव पाँच प्रतिसतले बढेर १४ सय ८४ दसमलव २४ बिन्दुुमा चढ्दा दुुई करोड ६३ लाख ४० हजार छ सय रुपैयाँको सेयर  खरिद बिक्री भएको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ३३ दसमलव ४९ अंकले सुधार आएको छ ।

आज जलबिद्युत समुहको सुचक भने एक दसमलव ६२ अंकले घटेर १२ सय ६९ दसमलव ६३ बिन्दुुमा झरेकोमा ८६ लाख ३४ हजार सात सय ५० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको सुचकमा पनि उच्च बिन्दुुले गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९४ पैसाले बढेर सात सय ९२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ७६ पैसाले घटेर पाँच सय ७४ रुपैयाँमा कारोवार भएको छ ।

यसैैगरी रकम कारोवारका आधारमा अग्रस्थानमा परेको प्रभुु बैंकको प्रतिकित्ता दुुई सय ५७ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड आठ लाख २० हजार एक सय १२ रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै