• २०८१ बैशाख ५ बुधबार

प्रवासी नेपालीको मताधिकार सुरक्षीत हुनुपर्छ : कमल थापा

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको आदेश बमोजिम, संविधानको मर्म र भावना अनुरुप तथा नेपाली नागरिकको अधिकारको रक्षाको निम्ति प्रवासमा रहेका नेपालीहरुको मताधिकार सुरक्षीत हुनुपर्ने बताएका छन् ।

पार्टीको प्रवास विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पार्टी संगठनलाई महत्व दिइ उच्च मनोवलका साथ संगठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टीको बारेमा रहेका विभिन्न भ्रमहरुलाई चिर्दै आत्मविश्वासका साथ देशव्यापी अभियानमा लाग्नु नै अहिलेको मूख्य कार्यभार भएको चर्चा गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र, राजसंस्था र हिन्दुत्वको प्रतिकको रुपमा रहेको ‘गाई’लाई पार्टीले छाड्न नसक्ने स्पष्ट पारे । 

पार्टी एकताको निमित्त सदैव ढोका खुल्ला रहेको भन्दै लाखौं कार्यकर्ताको भावनाको सम्मान गर्दै आफू र राप्रपा एकताको निमित्त सकारात्मक भएको विचार समेत व्यक्त गरे ।

योजनाबद्ध रुपमा जनताको घरदैलोमा पुग्ने कुरा अबको प्रथमिकतामा राख्ने भन्दै थापाले कार्यक्रमको निरन्तरतालाई प्राथमिकतामा राखिने समेत उल्लेख गरे । सो अवसरमा पार्टीका महामन्त्री भास्कर भद्रा, राजाराम बर्तौला, प्रवासी नेताहरु प्रेम श्रेष्ठ, योगेन्द्र कुँवर तथा शशी सिलवाल लगायतले बोलेका थिए । 

आगामी निर्वाचनमा प्रवासी नेपालीको मताधिकारको रक्षाको निम्ति राप्रपा प्रवास विभागले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने विभागका प्रमुख विजय खड्काले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै