• २०८१ बैशाख ६ बिहीबार

निम्बसको उत्पादन व्यञ्जन भटमासको मस्यौरा बजारमा

kharibot

काठमाडौँ। दाना उद्योगमा अग्रणी कम्पनी ‘निम्बस’ अब दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबर्धन विक्रि वितरणमा पनि अग्रसर हुने भएको छ । त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई १ सय वटा डिस्ट्रिब्युटरमार्फत ४० जिल्लामा पुरयाएको छ ।

निम्बसले व्यञ्जन ब्राण्डको तेल ल्याएको केहि समयमा नै सोहि ब्राण्डको व्यञ्जन सोया नगेट्स (भटमासको मस्यौरा) बजारमा ल्याएको छ । सधै गुणस्तरिय उत्पादनमा प्रतिबद्ध यस कम्पनीले आफ्नो उपभोक्ताहरुलाई स्वास्थ्यकर, सुपथमूल्य र प्रोटिनयुक्त शुद्ध तथाताजा सकाहारी उत्पादन बजारमा ल्याएको हो ।

व्यञ्जन सोया नगेट्स (भटमासको मस्यौरा) मा ५०% प्रोटिन पाईन्छ । जुन मासु, अण्डा, फलफूल र गेडागुडी भन्दा बढी हुन्छ । यो बढदो उमेरको मानिसको लागि अति फाईदाजनक हुन्छ । साथै यसमा रहेको फाईबरले कोलेस्ट्रोलको मात्र पनि नियन्त्रणमा राख्दछ । कम्पनीले पूर्ण स्वचालित मेशिन र उच्च गुणस्तरिय भटमासको दानाबाट कच्चापदार्थ समेत आफ्नै उद्योगमा उत्पादन गर्दै आईरहेको छ ।

हाल कम्पनीले व्यञ्जन र सुनौलो किरण ब्राण्डमा गुणस्तरिय खाने तेल उत्पादन गर्छ । जस अन्तर्गत सुर्यमुखी, तोरी, भटमासको तेल उत्पादन हुन्छन् । यसैगरी प्रोबायोटेक ईण्डष्ट्रिज प्रालिले आटा, सुजी, दाल, मैदा आदी उत्पादनहरु पनि चाडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ । 

उत्पादित बस्तु नेपालमा मात्र नभई भारतलगायत अन्य देशहरुमा पनि निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको छ । उत्पादित खाद्य सामाग्रीको गुणस्तर मापनका लागि निम्बसको आफ्नै प्रयोगशाला संचालनमा छ । यसका अतिरिक्त कम्पनीले नेपाल सरकार खाद्य प्रयोगशालाका साथै विदेशी खाद्य प्रयोगशालामा समेत गुणस्तर परीक्षण गराउदै आएको छ ।

कम्पनीमा योग्य खाद्य विज्ञहरु कार्यरत रहेकाले गुणस्तरको सवालमा उपभोक्ताले सामान्य चिन्ता पनि लिनु पर्दैन । खाद्य विज्ञहरुको उत्कृष्ट टिम नै गुणस्तरीय खाद्य सामाग्रीका उत्पादनका लागि सक्रिय छन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै