• २०८१ बैशाख ४ मंगलबार

आइतबारको मन्त्रिपरिषद बैठकको निर्णयहरु विहिबार सार्वजनिक हुने  

kharibot

काठमाडौं। सरकारले आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय विहिबार सार्वजनिक गर्ने भएको छ।  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आइतबारको मन्त्रिपरिषदले गरेका निर्णयहरु विहिबार अपराहन्न ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी गराएका छन्।  

गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले नयाँ व्यवस्था गरेर सार्वजनिक गर्ने भन्दै अझै सार्वजनिक नगरेपनि मिडियामा भने विभिन्न मन्त्रीहरुलाई उदृत गर्दै मन्त्रिपरिषदका महत्वपूर्ण निर्णयहरु सार्वजनिक भैसकेका छन्। 

बैठक बसेको दिन भने प्रवक्ता बास्कोटाले निर्णय भने सार्वजनिक गरेका थिएनन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै