• २०८१ बैशाख ४ मंगलबार

कम्बोडियाका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदै 

kharibot

काठमाडौँ। कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री सेन आगामी मङ्सिर १३ गते काठमाडौँ आउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। दुई दिवसीय उक्त भ्रमण पारस्परिक हित र चासोका विविध विषयमा द्विपक्षीय वार्ता हुने जानकारी मन्त्री ज्ञवालीले दिएका छन् । 

अन्य देशबाट उच्च राजनीतिक तहका व्यक्तित्वको नेपाल भ्रमण हुने उनले बताए । आफ्ना जापानी समकक्षीको निमन्त्रणमा आफू जापानको भ्रमणमा आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिँदै मन्त्री ज्ञवालीले त्यहाँबाट कृषि प्रविधि तथा कृषिको आधुनिकीकरणमा जापानी सहायता जुटाउनेमा आफू केन्द्रित रहने बताए । 

“नेपालको विकासको प्रमुख साझेदार तथा हाम्रा प्रमुख भौतिक पूर्वाधार निर्माणमा लामो समयदेखि सघाउँदै आएको जापानसँग सडक तथा रेलजस्ता पूर्वाधारमा लगानी ल्याउन मेरो विशेष प्रयास हुनेछ । औपचारिक वैदेशिक सहायता कटौती भइरहेको सन्दर्भमा जापानबाट अधिकभन्दा अधिक लगानी भित्र्याउनु मेरो भ्रमणको अर्को उद्देश्य हो ।” जापानमा लगानीसम्बन्धी कार्यशालासमेत हुने जानकारी दिँदै परराष्ट्रमन्त्रीले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै