• २०८१ बैशाख ११ मंगलबार

राष्ट्रपति भण्डारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने 

kharibot

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने भएकी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी मङ्सिर १७ देखि २८ गतेसम्म पोल्याण्डको कातोभिचमा आयोजना जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन मङ्सिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका छन् ।  

जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति सहायता जुटाउन राष्ट्राध्यक्षबाट हुने भ्रमण फलदायी हुने विश्वास उनले व्यक्त गरे । 

सन् २०३० मा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति गर्न भारी रकमको आवश्यकता पर्ने भएकाले त्यस्तो सहायता जुटाउन पनि राष्ट्रपतिको आसन्न भ्रमण सहयोगी हुने उनको कथन थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै