इपिजी प्रतिवेदन पेशमात्र होइन कार्यान्वयन पनि हुन्छ- परराष्ट्रमन्त्री ज्ञवाली

खरीबोट

काठमाडौँ। नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्ष चाँडै पेश हुने र त्यो कार्यान्वयन पनि भएरै छाड्ने एकजना मन्त्रीले बताएका छन् । 

“नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो बनाउन प्रतिवेदनले आधार तयार गरेको छ जसले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत गर्नेछ,” इपिजी प्रतिवेदनका विशेषता सुनाउँदै सञ्चारकर्मीमाझ उनी भन्छन् । 

इपिजीका एकजना सदस्य प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त तथा अर्का सदस्य भारतका लागि राजदूतमा सिफारिश भएपछि इपिजीको प्रतिवेदन भर्सेलामा पर्ने आशंकालाई चिर्दै ती मन्त्रीले प्रतिवेदनको प्रतिरक्षा गरेका हुन् । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्नै मन्त्रालयमा भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा भारतका प्रधानमन्त्रीको व्यस्तताका कारण प्रतिवेदन पेश गर्न विलम्ब भएको बताए । 

“दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश हुनेछ र त्यसको कार्यान्वयन पनि हुनेछ,” नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो बनाउन त्यसलाई पुनःपरिभाषित एवं पुनःरचना गर्ने मनसायले नै दुवै देशका प्रधानमन्त्रीले प्रबुद्ध व्यक्ति समूह गठन गरी प्रतिवेदन तयारीको जिम्मेवारी दिएको उनले स्पष्ट गरे । 
श्रीलङ्कामा गहिरिँदै गएको राजनीतिक सङ्कट वार्ताको माध्यमबाट समाधान हुनुपर्ने नेपालको अभिमत प्रकट गर्दै मन्त्री ज्ञवालीले त्यहाँ विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको बताए । 

समसामयिक विषयमा भएको सवालजवाफका क्रममा उनले प्रजातान्त्रीकरणको प्रक्रियातर्फ उन्मुख भुटानले दशकौंदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका करिब छ हजार ९०० आफ्ना नागरिकलाई ससम्मान स्वदेश फर्काउने विश्वास व्यक्त गरे । उनीहरुलाई स्थानीय नेपालीसँग कुनैपनि हालतमा एकीकरण नगरिने अडान पनि परराष्ट्रमन्त्रीले दोहोरयाए । 

सम्बन्धित समाचार

नेपाल–भारत परराष्ट्रमन्त्री भेटवार्ता : संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका भारतीय समकक्षी सुषमा स्वराजबीच आज भारतको बाह्य

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौँ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन आज नयाँ दिल्ली जादै छन्  ।मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय

कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् । केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकाका विदेशमन्त्री पम्पेओबीच भेटवार्ता 

वाशिङ्टन डिसी। नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति


z