• २०८१ बैशाख ११ मंगलबार

भूटानी शरणार्थीको घर फिर्तीका लागि पहल गर्ने

kharibot

उर्लाबारी। सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ । 

मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग भएको भेटघाटमा युएनएचसीआरका एशिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसीआर सधैँ लागिरहेको बताईन । 

उनले भनिन, “युएनएचसीआरले लगातार प्रयास नगरेको पनि होइन, अझै पनि नेपाल र भूटानसँग कुराकानी गर्न तयार छ, फेरि कोशिस गरौँ ।”

निर्देशक रवाट्टेले तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणार्थी र शिविरमा बाँकी रहेका शरणार्थीको छुटेका परिवारलाई एक ठाउँ ल्याउनेतर्फ युएनएचसीआरले पहल गर्ने बताईन । 

भेटमा नगर प्रमुख राईले भूटानमा नेपाली भाषी पनि सांसद बनेको भन्दै नयाँ सरकारसँग पहल गर्न केही सजिलो हुने बताए । नेपाल सरकारले भूटानसँग वार्ता गरी समस्याको दिगो समाधान खोज्न पहल गर्नुपर्ने बताउँदै उनले त्यस्तो हुन नसकेमा नेपाल सरकारले उनीहरुको बसोबास र सुविधाको व्यवस्थापन गर्नसमेत तयार हुनुपर्नेमा जोड दिए । 

झापा र मोरङका विभिन्न शिविरमा अहिले पनि छ हजार ५०० शरणार्थी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै