• २०८१ बैशाख १४ शुक्रबार

अब फेसबुकबाट पठाइसकेको म्यासेज अनसेण्ड गर्न सकिने 

kharibot

काठमाडौं । फेसबुकले पछिल्लो समय म्यासेन्जरमा अनसेन्ड फिचर थप्ने कुरा गरिरहेको थियो । फेसबुकले यो फिर युजरहरुलाई दिन सुरु गरिसकेको छ । 

अब युजरले च्याटको माध्यमले पठाइएको म्यासेज डिलिट गर्न सक्छन् । पहिला म्यासेज डिलिट गर्दा युजरको च्याटबक्समा मात्र डिलिट हुन्थ्यो । तर, अब भने म्यासेज पठाउने युजरका साथै पाउने युजरको इनबक्सबाट पनि म्यासेज डिलिट हुन्छ । 

फेसबुकले पठाएको म्यासेज डिलिट गर्न १० मिनेटको समय तोकेको छ । यदि युजरले गल्तीले कुनै म्यासेज कसैलाई पठाएको छ भने त्यो म्यासेज अनसेन्ड गर्न ऊसँग १० मिनेटको समय हुनेछ । अनसेन्ड फिचरको माध्यमले युजरले च्याटका साथै पठाइएका फोटो र भिडियो पनि डिलिट गर्न सक्छन् । 

फेसबुकले अनसेन्ड गरिएको म्यासेजको केही प्रति केही समय आफूसँगै राख्नेछ । “कसैले कुनै म्यासेजलाई ह्यारेसमेन्टको रिपोर्ट त गरेको छैन ?” भनी यस्तो गरिएको हो । 

फेसबुकले हाल यो फिचर बोलिभिया, पोल्याण्ड, कोलम्बिया र लिथुआनियाजस्ता देशमा दिएको छ र अन्य देशमा पनि यथाशीघ्र यो फिचर दिइने बताइएको छ । 

यो फिचरको प्रयोग गर्न युजरले आफूले पठाएको म्यासेजमा थिचेर केही समय होल्ड गर्नुपर्नेछ । त्यसपछि रिमुभ फर एभ्रिवानको अप्शन देखिनेछ । त्यसलाई क्लिक गरी युजरले आफूले पठाएको म्यासेज डिलिट गर्न सक्छन् । 

नवभारत टाइम्सबाट भावानुवाद 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै