• २०८१ बैशाख ११ मंगलबार

सिटी एक्सप्रेस फाइनान्सको १३औ वार्षिक साधारण सभा सम्पन्न

kharibot

काठमाडौँ। सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा संचालक समितिका अध्यक्ष चन्द्र टण्डनले आब ०७४-७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिककुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरे पश्चात समस्याग्रस्त अवस्थाबाट मुक्तभई साबिक नाम परिबर्तनसंँगै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामवाट आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरी दक्ष कर्मचारीहरुको साथमा केन्द्रिय कार्यालय, घण्टाघर काठमाण्डौ तथा शाखा कार्यालयहरु गाइघाट र विर्तामोडबाट वित्तीयकारोवार गर्दै आइरहेको व्यहोरा जानकारी गराए ।

संस्थालाई मुनाफा आर्जनको अवस्थामा पुरयाउन बर्तमान संचालक समिति कटिबद्ध रहेको जानकारी गराउँदै सबै पक्षवाट सद्भाव र सहयोगको अपेक्षा गरे । उनले संस्थालाई सवल वनाउनका लागि अन्य वित्तीय संस्थाहरुलाई प्राप्ती गर्ने, कर्मचारी व्यवस्थापनलाई मजवुदवनाई अब्वल संस्थाको रुपमा अगाडि बढाउने उद्घोष पनि गरे ।

संस्थाका कार्यकारी प्रमुख भिष्म राज चालिसेले रणनीतिक साझेदारको खोजीगर्दै चुक्तापुँजीको दायरालाई फराकिलो वनाउँदै आवश्यक शाखा संजाल तथा व्यवसायलाई विस्तार गर्नेे बताए । साथै संस्थाले निकट भविष्यमा एटीएम र इन्टरनेट बैंकिङ सुविधा थप गर्न व्यवस्था मिलाउने पनि बताए । 

साधारण सभावाट संस्थाले चुँक्तापुँजी रु. ८० करोड पुर्याएउने तथा उपयुक्त रणनितिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

संस्थामा विभिन्न ९ किसिमका बचत खाताको साथै मुद्दती खाताहरुमा उच्चतम व्याज दिइने व्यवस्था रहेको छ भने संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ । संस्थाले कर्जातर्फ व्यवसायीक कर्जा, कृषि कर्जा, घर जग्गा कर्जा, हायर पर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्घती रसीदधितो कर्जा, ओभरड्राफ्ट सुविधालगायतका बिभिन्न कर्जा सुविधा प्रदान गर्दै आएको छ ।

संस्थाले इसिसीको सदस्य भई सो मार्फत सबै बैंक तथा वित्तिय संस्थाको चेक क्लियरिङ्ग हुने व्यवस्था गरेको छ । त्यस्तै संस्थाले रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै