• २०८१ बैशाख ८ शनिबार

तरुण दलका स्थानीय नेताद्वारा विवेकशीलका नेतामाथि स्याङ्जामा साङ्घातिक आक्रमण 

kharibot

घिमिरेले आक्रमणपछि भिडियो खिचेर फेसबुकमा सेयर गरेका छन्, उनको मुखबाट रगत बगेको देख्न सकिन्छ । तस्बिर : घिमिरेको भिडियोबाट

स्याङ्जा । विवेकशील साझा पार्टीका स्याङ्जाका नेता बन्धु घिमिरेमाथि उनकै गृहनगर चापाकोटमा नेपाली कांग्रेस तथा नेपाल तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरुले आज साङ्घातिक हमला गरेका छन् ।

चापाकोट नगरपालिकाको भवन नजिकै नेपाल बैँकबाट निस्केर नजिकै रहेको डोटेल होटेलमा खाजा खान लाग्दा सामुहिक रुपमा आक्रमण भएको हो। आगामी निर्वाचनलाई मध्यनजर गर्दै नेता घिमिरे स्याङ्जामा पनि संगठन विस्तारको अभियानमा थिए। घटनाका मुख्य आरोपी तरुण दलका स्थानीय नेता विश्वास पुरी र अन्य फरार छन्।

सिङ्गो नगरपालिकाको सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरी संग एउटा गाडी पनि छैन ।  प्रहरीले आफुसँग रहेको एउटा मात्रै भ्यान हप्तौँ देखी बिग्रेर थन्किएको र धेरै प्रहरीहरु सिमाना जोडीएको पाल्पाको रामपुर नगरपालिकामा भएको प्रहरी चौकी घेराउ कार्यक्रममा ब्याक फोर्सको रुपमा व्यस्त रहेको कारण हमलामा संलग्न व्यक्तीहरुलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको जनाएको छ। घटना राजनीतिक कारणले गर्दा घटेको बुझिएको छ ।

गत साउन ७ गते नगरपालिकामा भएको अन्तर्कृया कार्यक्रममा मेयर शिव कुमार गिरीलाई प्रश्न सोधेको विषय र विवेकशील साझा पार्टीको चापाकोटमा गठन गर्ने शिलशिलामा कांग्रेस समर्थकहरुले घिमिरेलाई गरेको सहयोगको कारण नै निज घिमिरेमाथि आक्रमण भएको बुझिएको छ । घटनाका मुख्य आरोपी विश्वास पुरी चापाकोटका मेयर शिव कुमार गिरीका विश्वासपात्र हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै