• २०८१ बैशाख ५ बुधबार

हस्तकला मेलाको दोश्रो दिन : मित्र राष्ट्रका राजदूतहरुको आगमन

kharibot

काठमाडौँ। १६औं हस्तकला व्यापार मेलाको दोश्रो दिन भृकुटिमण्डपमा अवलोकनकर्ताहरुको अपार भीड रहेको थियो । मेला अवलोकन गर्न नेपालको लागि महामहिम जर्मन राजदूत रोनाल्ड स्काफरले मेला अवलोकन गरेका छन् ।

उनले मेला अवलोकन पश्चात छोटो मन्तव्य दिदै नेपाली हस्तकलाको व्यापार स्थानिय बजारमा मात्र सिमित नभई युरोपियन तथा अन्तरराष्ट्रिय बजारमा परिचित गराउन सके यसले व्यापक रुपमा बजार लिन सक्ने क्षमता रहेको र यसले नेपाली दैनिक जन जीवनमा समेत सकारात्मक असर पार्ने कुरा व्यक्त गरेका थिए ।

त्यसगरी मित्र राष्ट्र भारतका महामहिम राजदूत मन्जीभ सिंह पुरीले नेपाली हस्तकलाको विकास प्रसंसा योग्य रहेको बताए । यो क्षेत्र परम्परागत कलाकारितामा मात्र सिमित नभई व्यवसायिकता तर्फ पनि उन्मूख भइरहेको छ । नेपाली र भारतिय जनताको मैत्रीपूर्ण सम्बन्धमा कला र संस्कृतिको अत्यन्तै ठूलो महत्व रहेको भन्दै यस व्यापार मेलाको प्रगति र निरन्तरताको लागि शुभकामना समेत व्यक्त गरे ।

दोस्रो दिन मेलाको थप आकर्षणको रुपमा अमूर्त साँस्कृतिक सम्पदा अन्तरगत नृत्य प्रदर्शनीको क्रममा मेला स्थलमा चर्या नृत्य, पञ्च बुद्ध नृत्य  र फ्युजन म्युजिक मञ्चन गरिएको थियो । त्यसैगरी आजको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा ७० वर्ष नाघेको दश जना वरिष्ठ तथा जेष्ठ कलाकारहरुलाई ताम्रपत्र र सगुन सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवाणी राणा र महासंघका अध्यक्ष धर्म राज शाक्यले सम्मान गरिएको थियो । 

त्यसैगरी आज मित्रराष्ट्र जापानका महामहिम राजदूतको उपस्थितिको पनि कार्यक्रम रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै