• २०८१ बैशाख ४ मंगलबार

दिल्लीले सन्दीपसहित १४ खेलाडीलाई रिटन गर्यो, गम्भीरसहित १० खेलाडी बाहिरिए  

kharibot

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्सले नेपाली युवा स्पिनर सन्दीप लामिछानेसहित १४ खेलाडीलाई आगामी सिजनका लागि रिटेन गरेको छ।

दिल्लीले सन्दीपसहित ५ विदेशी खेलाडीलाई आगामी सिजनका लागि रिटेन गरेको हो। त्यस्तै दिल्लीले आफ्ना पुर्व कप्तान गौतम गम्भीरसहित १० खेलाडीलाई भने अक्सनका लागि रिलिज गरेको छ। दिल्लीले यसअघि सन् राइजर्स हैदरावादबाट खेल्ने भारतीय टिमका ओपनर शिखर धवनलाई भित्राएको छ। 

दिल्लीले रिटेन गरेका भारतीय खेलाडीहरुमा श्रेयस अयर, रिषव पन्त, पृथिवी शा, अमित मिश्रा, अवेश खान, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा रहेका छन्। त्यस्तै रिटेन गरेका विदेशी खेलाडीमा  सन्दीप लामिछाने, कोलिन मुनरो, क्रिश मोरिश, कागीसो राबडा र ट्रेन्ट बाउल्ट रहेका छन्। 

त्यस्तै दिल्लीले रिलिज गरेका खेलाडीहरुमा गौतम गम्भीर, जसन रोय, जुनियर डाला, लियाम प्लुनकेट, मोहमद सामी, सयान घोस, डेनियल क्रिस्टियन, ग्लेन म्याक्सवेल, गुर्कीरत सिंह मन र नमन ओझा रहेका छन्। 

गत आइपिएलमा दिल्लीले खराब प्रदर्शन गर्दै समुह चरणबाट पुछारमा रहदै बाहिरएको थियो। दिल्लीले गत सिजनमा सन्दीपलाई सुरुका आफ्ना ११ खेलमा बेन्चमा राखेको थियो ।

दिल्ली डेयरडेभिल्सका लागि अन्तिमका तीन खेल खेल्दै सन्दीपले ५ विकेट लिन सफल भएका थिए । सन्दीपले खेलेका तीन खेलमा दिल्लीले २ खेलमा जीत हासिल गरेको थियो ।

सन्दीपले पार्थिव पटेल, सुरेश रैना, सूर्यकुमार यादव, केरनपोलार्ड र क्रुनाल पाण्डेयको विकेट लिएका थिए । चेन्नई विरुद्धको खेलमा रैनालाई आउट गरेका सन्दीपले खेलको स्टाइलिस प्लेयरको पुरस्कार समेत जितेका थिए । 

दिल्लीले गत सिजनमा खेलेका १४ खेलमा ५ मा जित र ९ मा हार बेहोर्दै लिग चरणबाटै बाहिरिएको थियो । 

त्यस्तै यस सिजनको आइपिएल मार्च २३ बाट सुरु हुने भएको छ भने भारतमा आम निर्वाचन हुने हुनाले यस पटकको आइपिएल युएइ अथवा दक्षिण अफ्रीकामा हुन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै