• २०८१ बैशाख ८ शनिबार

राष्ट्रिय टिमको अन्तिम खेलमा भावुक बने रुनी

kharibot

काठमाडौँ। इङल्याण्डका भेट्रान खेलाडी वाइन रुनीले इङल्याण्डको तर्फबाट आर्नो अन्तिम खेल खेलेका छन्। गतबर्षको भाद्र महिनामा राष्ट्रिय टिमबाट सन्यास लिएका रुनीको सम्मानमा इङल्याण्डको टिमले रुनीलाई वेम्बली मैदानमा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम खेल खेल्ने मौका दिइएको थियो। 

इङल्याण्डले ३-० गोल अन्तरले जितेको यस खेलमा रुनी खेलको ५८औ मिनेटमा सबस्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका थिए। यस खेलमा इङल्याण्डका लागि जेसी लिंगार्ड, एलेक्जेन्डर आर्नोल्ड र विल्सनले एक एक गोल गरेका थिए। रुनीले खेलमा टिमलाई कप्तानी समेत गरेका थिए। 

खेल सकिएपछि रुनी भावुक बनेका थिए।  उनले खेलपछि टिमलाई सम्बोधन गर्दै आफ्नो रेकर्ड अहिलेका कप्तान ह्यारी केनले आफ्नो रेकर्ड तोड्ने विश्वास व्यक्त गरे। उनले अन्तिम खेलमा गोल गर्न नसकेकोमा खेद प्रकट गरेपनि आफ्नो क्यारियर प्रति आफुले गर्व गर्ने बताए। इङल्याण्डको राष्ट्रिय टिम अहिले सुरक्षित हातमा रहेको भन्दै रुनीले युवा खेलाडीहरुको समुहले इङल्याण्डका लागि राम्रो प्रदर्शन गरिरहेको बताए। 

The veteran leaves the pitch as an England player at Wembley for the last time on Thursday

रुनीले ईङल्याण्डबाट १२० खेल खेल्दै ५३ गोल गरेका छन् । रुनी ईङल्याण्डका लागि पिटर शिल्टनपछि सबै भन्दा धेरै खेल खेल्ने खेलाडी हुन् ।  पिटर १२५ खेल खेलेका छन् भने रुनीले ११९ खेल खेलेर सन्यास लिएका छन् ।  

त्यस्तै ईङल्याण्डको तर्फबाट अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा धेरै गोल गर्ने रेकर्डपनि रुनीको नाममा रहेको छ । उनले कुल ५३ गोल गरेका छन् । रुनीपछि बबी चार्लटनले ईङल्याण्डका लागि ४९ गोल गरेका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै