• २०८१ बैशाख १३ बिहीबार

ग्रिनल्याण्डको आइसमुनि १९ माइल फराकिलो फलामे पिण्ड !

kharibot

१२ बिलियन टनको मेटिअर (प्रतिनिधिमूलक चित्र) ४७ मिलियन हिरोशिमा बमबराबरको शक्तिमा पृथ्वीमा खसेको थियो ।

युरोप । एउटा विशाल मेटिअर अर्थात् उल्कापिण्ड ग्रिनल्याण्डको बरफमुनि ठूलो क्षेत्र ओगटेर रहेको फेला परेको छ । वैज्ञानिकहरुका अनुसार उक्त आकाशे उल्कापिण्ड फ्रान्सको राजधानी पेरिसभन्दा पाँच गुणा ठूलो रहेको छ भने फलामै फलामले बनेको उक्त पिण्ड ४ करोड ७० लाख हिरोशिमा बमसरहको बलमा १२ हजार वर्षअिघ पृथ्वीमा खसेको  खुलासा भएको छ । 

अन्तिम आइस एज (बरफ युग)मा उक्त पिण्ड पृथ्वीमा खसेको विश्वास गरिएको छ । उक्त उल्कापिण्ड खस्दा सयौँ माइल क्षेत्रसम्म यसका टुक्राहरु पुगेको वैज्ञानिकहरुले बताएका छन् । उनीहरुका अनुसार आजको क्यानडासम्म यसका कणहरु उछिट्टिएका थिए । करिब १२ बिलियन टनको उक्त मेटिअर ४७ मिलियन हिरोशिमा बमबराबरको शक्तिमा पृथ्वीमा खसेको थियो । सो क्रममा कम्तीमा पनि १०० किमि वरपरको सबैखाले जीवन सखाप पार्ने गरी उक्त घटना भएको वैज्ञानिक कथन छ ।

उत्तरपश्चिम ग्रिनल्याण्डको आइसबाट झण्डै १ किमि मुनि यस्तो मेटिअर भेटिएको हो । वैज्ञानिकहरुले यसको निश्चित अवधि नतोके पनि उक्त बरफभित्रको क्रेटर (गहिराइ) ३० लाख वर्ष पुरानो हुनसक्छ, जुन बेला अघिदेखि नै ग्रिनल्याण्डको आइसशिट (बरफे तह) बन्न सुरु भइसकेको थियो ।

सन् १९९७ देखि २०१४ सम्मको संकलित तथ्यांकहरुको विश्लेषणबाट क्रेटरबारे यस्तो खुलासा गरिएको हो । २०१६ मा अत्यन्तै विकसित प्रविधिको राडारले थप तथ्यांक संकलन गरेसँगै यसबारे निश्चितता आएको हो ।

कान्सास विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक तथा अध्ययनका सहलेखक डा. जोन पाडेनका अनुसार विगत केही देशकमा राडार साउन्डिङ डाटाहरु जम्मा गरिएको थियो । यसक्रममा हिमनदीका अन्वेषकहरुबाट ग्रिनल्याण्डमुनि कस्तो नक्सा हुनसक्ला जुन आइसले ढाकेको छ भनी अध्ययन गरिएको थियो । 

डेनिश रिसर्चरहरुले यस्तो क्रेटरबारे नयाँ तथ्य पत्ता लगाउन सफल भएको बताइएको छ । यसबारे २०१५ को जुलाइमा पहिलोपटक खुलासा भएको थियो । युनिभर्सिटी अफ कोपनहेगनस्थित न्याचुरल हिष्ट्री म्युजियम अफ डेनमार्कका रिसर्चरले सर्वप्रथम यसबारे पत्ता लगाएका थिए । 

एउटा रिसर्च प्लेन नै प्रयोग गरेपछि विशाल क्रेटरको विस्तृत कुराहरुबारे खुलासा भएको थियो । त्यसपछि वैज्ञानिकहरुले यसको आकार र प्रकृतिबारे अनुसन्धान गरेका थिए । सोलगत्तै उनीहरुले करिब १२ हजार वर्षअघि यस्तो घटना भएको हुनसक्ने आँकलन गरे । 

न्याचुरल हिष्ट्री म्युजियम अफ डेनमार्कका अध्येता कुर्ट जाइरले उक्त विष्फोटनले ठूलो ध्वंसको अवस्था ल्याएको आँकलन गरे । किनकि उक्त उल्कापिण्ड ४७ मिलियन हिरोशिमा बमसरहको शक्तिमा खसेको विश्वास गरिएको छ । जसले कम्तीमा १०० किमि क्षेत्रभित्रका सबैखाले जीवनको इहलिला समाप्त पारेको हुनसक्छ ।  

सन् १९४५ मा जापानको हिरोशिमामा खसाइएको अणुबमले १५ हजार टन टीएनटी विस्फोट गराएको थियो । त्यसको दाँजोमा उक्त मेटिअरले ७०५ बिलियन टन टिएनटीको विस्फोट गराएको हुनसक्छ ।

सन् १९४५ मा जापानको हिरोशिमामा खसाइएको अणुबमले १५ हजार टन टीएनटी विस्फोट गराएको थियो । त्यसको दाँजोमा उक्त मेटिअरले ७०५ बिलियन टन टिएनटीको विस्फोट गराएको हुनसक्छ ।

उक्त प्रोफेसरका अनुसार त्यतिखेर मानिसहरु नभएका कारण मानवीय क्षति भने नभएको हुनसक्छ । उक्त घटनाले त्यस क्षेत्रमा ठूलो प्रभाव परेको विश्वास गरिएको छ । जसका कारण ग्रिनल्याण्डको आइसशिटहरु व्यापक मात्रामा पगालेको हुनसक्छ । जसले त्यस क्षेत्रको समुद्री प्रवाहलाई समेत प्रभाव पारेको विश्वास गरिएको छ । 

त्यस्तै वरपर धेरै फलामे मेटिअराइटहरु प्राप्त हुनुले पनि यसको पुष्टि गर्ने वैज्ञानिकहरुको भनाइ छ । कोपनहेगनमा रहेको जिओलजिकल म्युजियममा २० टनको फलामे टुक्रा राखिएको छ, जुन हिवाथाबाट नजिकै रहेको केपयोर्कमा फेला परेको थियो ।

यसलाई वैज्ञानिकहरुले सोही घटनाको परिणाम मानेका छन् । यसबारे वैज्ञानिकहरुले अझै थप तथ्य प्राप्त हुनै बाँकी रहेको मानेका छन् ।

प्रोफेसर जाइरका अनुसार उक्त क्रेटर (गहिरो भाग) संरक्षित र आश्चर्यजनक अवस्थामा रहेको थियो । यसबारेका तथ्य, तथ्यांकहरु जर्नल साइन्स एडभान्सेसमा प्रकाशित भएको छ । 

  • नोट : यो समाचार डेलीमेल, साइन्सन्युज लगायतमा प्रकाशित समाचारहरुकै नेपाली भावानुवाद हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै