• २०८१ बैशाख १३ बिहीबार

फिल्म ‘साइँली’ को फर्स्टलुक पोस्टर सार्वजनिक, चैतमा रिलिज हुने 

kharibot

काठमाडौँ। गायक हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत ‘साइँली’ को नामबाट निर्माण भएको फिल्म ‘साइँली’ को फर्स्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । 

फिल्मको टाइटल अनुसार पोस्टर तयार पारिएको निर्देशक रामबाबु गुरुङले बताए । युट्युबमा डेढ करोडको नजर परिसकेको ‘सुन साइँली’ गीतमा मेनुकाको जोडी अभिनेता गौरव पहाडीसँग बाँधिएको थियो । फिल्ममा पनि यी दुई नै जोडीको रुपमा प्रस्तुत छन् । 

फर्स्टलुक पोस्टरमार्फत फिल्मको प्रदर्शन मिति चैत १५ लाई घोषणा गरिएको छ । गीतले बोकेको भावलाई फिल्ममा उतारेको निर्माण टिमको भनाई छ । फिल्ममा अभिनेता दयाहाङ राई पनि प्रमुख भूमिकामा छन् । गायक हेमन्त राना र गौरव पहारीले मिलेर फिल्म निर्माण गरेका हुन् । 


 

 

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्देशक गुरुङको कथा रहेको फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । 
 
बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै