• २०८१ बैशाख ११ मंगलबार

टी-१० लिग खेल्न सन्दीप आइतबार युएई जादै 

kharibot

काठमाडौँ।  युवा लेग स्पिनर सन्दिप लामिछाने युएईमा आयोजना हुने टि-१० लिग खेल्न आइतबार त्यसतर्फ जादै छन्। इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिगपछि सन्दीप पाचौ अन्तर्राष्ट्रिय लिग खेल्न जान लागेका हुन्। टी-१० लिगको दोस्रो संस्करणमा सन्दीप केरला किंग्सबाट खेल्दै छन्।    

यही नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म (मङ्सिर ५ देखि १६ गतेसम्म) सचालन हुने यस प्रतियोगितामा कुल ८ टिमले भाग लिएका छन्। जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन् । 

८ टिमलाई २ समुहमा बाडेर हरेक टिमले समुह चरणमा ३ खेल खेल्ने छन्। केरला किंग्स समुह ए मा कराचियन्स, पख्तुन्स र राजपुत्ससँग सँगै रहेको छ। केरला किंग्सको पहिलो खेल २१ नोभेम्बरमा पख्तुन्स विरुद्ध खेल्दै छ भने, नोभेमब्र २२ मा कराचियन्सविरुद्ध र २५ नोभेम्बरमा राजपुत्ससँग खेल्दै छ। 

गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

सन्दिपको टिम केरला किंग्समा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका इओन मोर्गन आइकन खेलाडी र कप्तान रहेका छन्। यस्तै टिममा क्रिस गेल, केरोन पोलार्ड, टम कुरान, सोहेल तनबीर, उपुल थारंगा, इमरान नाजिर, वायन पार्नेल, मोहम्मद नाभेदलगायतका खेलाडीहरु रहेका छन्। केरला किंग्सको प्रशिक्षण न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन्।

केरला किंग्स टी-१० लिगको पहिलो संस्करणको विजेता समेत हो।  लिगको खेलमा १० ओभर प्रति इनिंगको हुनेछ र ९० मिनेटमा खेलनै सकिन्छ। प्रतियोगिताको खेलहरु शारजाह क्रिकेट स्टेडियममा खेलिनेछ।

टि-१० लिगमा सहभागी भएपछि सन्दिप डिसेम्बर ८ देखि काठमाडौमा सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-२० खेल्न आउने छन्। इपिएलमा सन्दिप ललितपुर प्याट्रीएट्स टिममा रहेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै