• २०८१ बैशाख ७ शुक्रबार

धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको घोषणा, रुस्लान मुख्य प्रायोजक 

kharibot

काठमाडौँ। धनगढी क्रिकेट एकेडेमीको अायोजनामा हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ३ अाज घोषणा गरिएको छ । डिपीएल ३ प्रतियोगिता फाप्ला क्रिकेट मैदान धनगढीमा माघ १९ देखि फाल्गुन ४ गतेसम्म हुने भएको छ । 

प्रतियोगिताका लागि विजय डिस्टिलरीको रुस्लान क्रिकेटलार्इ पुन: मुख्य मुख्य प्रायोजकका रुपमा सम्झौता भएको छ। विजय डिस्टिलरीको उत्पादन रुस्लान भोड्काले डिपीएल ३ का मुख्य प्रायोजकको रुपमा दिने सम्झौता भएको जानकारी घोषणा कार्यक्रममा दिइएको छ।

प्रायोजन बापत विजय डिस्टिलरीले आयोजकलाई १ करोड १० लाख बराबरको रकम दिने सहमति भएको जानकारी दिइएको छ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सम्झौता पत्रमा रुस्लानको तर्फबाट चीफ फाइनान्स अफिसर सतीस कर्ण र धनगढ़ी क्रिकेट एकेडमीका अध्यक्ष सुबास शाहीले हस्ताक्षर गरेका छन् ।

आयोजकले तेस्रो संस्करणको डिपीएलको अनुमानित लागत ५ करोड रुपैयाँ रहने बताएको छ। 

प्रतियोगिताको बिजेताले दोस्रो संस्करणमा नगद २५ लाख प्राप्त गरेको थियो। १४ दिनसम्म चल्ने यस प्रतियोगिताको यसअघिका दुवै सिजनको उपाधि धनगढी टिम चौराहाले जितेको थियो। 

डिपीएलमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरीया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्ससहित ६ टिम सहभागी हुनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै