• २०८१ बैशाख १२ बुधबार

नेपाली हस्तकलामा अवलोकनकर्ताको चासो  

kharibot

काठमाडौँ। १६औं हस्तकला व्यापार मेलाको तेश्रो दिन भृकुटिमण्डप स्थित प्रदर्शनी हलमा अवलोकनकर्ताहरुको राम्रो उपस्थिती रहेको थियो ।

नेपाली र विदेशी आगन्तुकहरुको उल्लेख्य उपस्थिती भैरहेको यस मेलामा प्राय सबै आगन्तुकहरुको नेपाली उत्पादन तथा स्थानिय कला संकृती प्रतिको माया र यसको जगेर्ना गनुपर्ने भावनानै मेला हेर्न आउने प्रमुख कारण रहेको पाईएको छ ।

यस दिन मेला अवलोकन गर्न  नेपाल सरकारका पूर्व मन्त्री तथा नेपाल कम्नियूष्ट पार्टीका नेता अमृत बोहरा तथा पूर्व उद्योग मन्त्री अष्ठ लक्ष्मी शाक्यले मेला अवलोकन गरेका थिए । त्यसैगरि आज प्रदेश न. ३ कि राष्ट्रिय सभा सदस्य  उदया शर्मा, प्रदेश सभाका सांसद रामकुमार ज्ञवाली, बंगलादेशका महामहिम राजदूत मसफी बिन्टे शाम्स् , नेपालको लागि चीनका आर्थिक तथा वाणिज्य काउन्सलर झ्यांग फान लगायतले पनि मेला अवलोकन गरेका थिए । 

मेलाको अतिरिक्त आकर्षणको रुपमा रहेको अमूर्त साँस्कृतिक सम्पदाको प्रदर्शनी अन्तरगत नृत्य प्रदर्शनीको क्रममा अमोघसिद्धि–आर्यतारा भ्mयाउरे नृत्य, कुमारी नृत्य तामाङ सेलो नृत्य र विभिन्न जातजातिबाट  तामाङ र नेवारी गीतमा नृत्य तथा गीत प्रस्तुतिको पनि कार्यक्रम रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै