• २०८१ बैशाख ११ मंगलबार

मेसी बिना मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित  

kharibot

काठमाडौँ। अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ। 
अर्जेन्टिनाको जितमा रामिरो मोरीले एक गोल गरेका थिए भने एक गोल मेक्सिकोका ब्रिजेउलाले गरेका थिए। 

पछिल्लो खेलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना विश्वकप पछि आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलिरहेको छ। मेसी बिना युवा खेलाडीले अर्जेन्टिनालाई विजयी लयमा ल्याउने प्रयास गरिरहेका छन्। 

मेसीको अनुपस्थितिमा युभेन्ट्सबाट खेल्ने युवा खेलाडी पाउलो डिबालाले अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकिरहेको देखिदैन। अर्जेन्टिनाले अब सोमबार मेक्सिकोसँगै अर्को मैत्रीपूर्ण खेल्ने कार्यक्रम रहेको छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै