• २०८१ बैशाख ८ शनिबार

गायक जस्टिन बीबरले अमेरिकी मोडल हेलीसँग विवाह गरिसकेको खुलासा 

kharibot

काठमाडौँ । चर्चित पप गायक जस्टिन बीबर र अमेरिकी मोडल हेली बाल्डवीन वैवाहिक सम्बन्धमा गाँसिएको खुलासा भएको छ।  गत जुलाईमा इन्गेजमेन्ट गरेको यो जोडीले गत सेप्टेम्बरमा नै विवाह गरेको खुलासा स्वयं गायक बीबरले खुलासा गरेका हुन् ।

बीबरले आफ्नो सामाजिक संजालको पोष्टमा हेलीलाई श्रीमती भनेर सम्बोधन गरेपछि उनीहरुले विवाह गरिसकेको पुष्टि भएको हो।  साथै हेलीले आफ्नो नाममा पनि बीबर जोडेको हलिवुड कभर गर्ने टिएमजीको रिपोर्टमा उल्लेख गरिएको छ। हेलीले आफ्नो नयाँ नामका लागि ट्रेडमार्क समेत दर्ता गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। 

२४ बर्षिय बीबरले अमेरिकी मोडल हेली बाल्डवीनसँग गत जुलाईमा इन्गेजमेन्ट गरेका थिए। लामो समयसम्म गायिका सेलेना गोमेजसँग अफ्येर्समा रहेका बीबर गोमेजसँगको ब्रेकअपपछि हेलीको नजिक आएका थिए। 

२१ बर्षिय हेली अमेरिकन भोग, मेरी क्लेयर र स्पेनिस पत्रिका हापर्स बजार जस्ता म्यागजिनको कभरमा आइसकेकी छन् । यसका अलावा हेली कैयौ टेलिभिजन शो, म्युजिक भिडियो तथा विज्ञापनमा देखिईसकेकी छन् ।

हेली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हुबहु नक्कल गर्ने अभिनेता एलेक बाल्डवीनकि भतिजी हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै