• २०८१ बैशाख १४ शुक्रबार

आइफोन एक्सका धनी सावधान ! डिलिट भइसकेको फोटो चोर्दै छन् ह्याकरहरु 

kharibot

काठमाडौं । आइफोन एक्समा एउटा बग (सफ्टवेयरसम्बन्धी समस्या जसले गलत नतिजा दिन्छ) देखिएको छ । यसको माध्यमले ह्याकरहरुले तपाईंको तस्वीर चोरी गर्न सक्छन् । 

आइफोनको यो बगबाट ह्याकरले युजरका डिलिट भइसकेका तस्वीर फेरि एक्सेस गर्न सक्छन् । वास्तवमा आइओएस १२.१ मा चल्ने एप्पलको डिभाइसमा एक फोटो एप छ जसमा रिसेन्टली डिलिटेड एल्बम नामको एक अप्सन छ, जहाँ डिलिट भएका तस्वीर जम्मा भएर रहन्छन् ।

ह्याकरहरुले त्यो फोल्डरको एक्सेस पत्ता लगाइसकेका छन् । यसको सहायताले उनीहरु आइफोन एक्समा डिलिट गरिएको फोटो सजिलै चोर्न सक्छन् । 

जीमेलको ट्रेसजस्तै आइफोन एक्समा पनि ३० दिनसम्म डिलिट गरिएको फोटो सेभ रहन्छ र ३० दिनपछि त्यो सधैंको लागि डिलिट हुन्छ । यदि गल्तीले कुनै तस्वीर डिलिट भएको छ भने यो अप्सनको माध्यमले ती फोटो फिर्ता पाउन सकिन्छ । 

हालैमा टोकियोमा आयोजित एक मोबाइल कन्टेस्टमा रिचर्ड जहु र अमट क्यामलाई यो बग पत्ता लगाएकोमा ५० हजार डलर (करीब ५७०५५०० रुपैयाँ) पुरस्कार दिइएको थियो । यस्तो समस्या आइओएस १२.१ मा चल्ने आइफोन एक्समा देखिएको हो । कम्पनीले हाल यो समस्यालाई सुल्झाउन प्रयास गरिरहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै