• २०८१ बैशाख ६ बिहीबार

शृंखला खतिवडा मिस वर्ल्ड २०१८ को १० बलिया प्रतिस्पर्धीमध्ये ! यसरी जिताउनुहोस् 

kharibot

काठमाडौं / मिस नेपाल २०१८ को उपाधि जितेर चर्चामा आएकी नेपाली चेली शृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड प्रतियोगिताका लागि चीनमा छिन् |मङ्सिर २२ गते शानिबार हुने उक्त प्रतियोगितामा उपाधि जित्नको लागि विश्वभरीबाट आएका १२१ सुन्दरीहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ |

२३ वर्षकी शृंखला मकवानपुर जिल्लाको हेटौडामा जन्मेकी हुन् | राजनीतिक पृष्टभूमि भएको परिवारमा जन्मेकी उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी छिन् |

उनको बुवा विरोध खतिवडा नेकपाका नेता हुन् जो मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सदस्य पनि हुन् | त्यस्तै उनकी आमा मुनु सिग्देल भने नेकपा मकवानपुर जिल्ला कमिटिको अध्यक्ष हुन् र पदेशसभाकी सदस्य पनि हुन् |

  • भिडियो पनि हेर्नुहोस् - को हुन् शृंखला खतिवडा ?

५ फिट ७ इन्च उचाई भएकी उनी मिस नेपाल २०१८ मा २५ प्रतियोगीमध्ये प्रमुख निर्णायकले सोधेको–'समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस नेपालको ताज जितेकीथिइन् |

चीनमा उनले अरु देशबाट आएका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न लगाउने, नेपाली गीत गाउन सिकाउने जस्ता रमाइला कार्य गरेर सामाजिक संजालमा भिडियो सेयर गरिरहेकी छिन् |

आफ्नो देश नेपाललाई चिनाउने खालका विभिन्न प्रस्तुतिहरु समेत दिइरहेकी उनले अन्तर्राष्ट्रिय रुपमा समर्थन पाइरहेकी छिन् | यसरी सबैको आँखामा परेकी शृंखलाले मिस वर्ल्ड जितेर नेपाललाई विश्वसामू चिनाउने विश्वास गरिएको छ |

उनलाई भोट गरेर जिताउन जिताउन सकिन्छ | भोट गर्नका लागि पहिले मोबस्टार नामको एप एन्ड्रोइडको लागि गुगल स्टोर र आइओएसको लागि एप स्टोरमा सर्च गरेर डाउनलोड गर्नुपर्ने हुन्छ | त्यसपछि एपमा गएर कुनै पनि सामाजिक संजालबाट लग इन गर्नुपर्छ र अंग्रेजीमा शृंखला खतिवडा भनेर सर्च गर्नुपर्छ |

अनि फलो बटनमा थिचेर उनलाई फलो गर्नुपर्छ | त्यसपछि देब्रेबाट दाहिनेतिर स्वाईप गर्नुपर्छ जुन गरेपछि भोट मानिन्छ | त्यहाँ सभ्यखालको कमेन्ट पनि गर्नुहोला किनभने कमेन्ट पनि गणना हुन्छ |

धेरैभन्दा धेरैले उनलाई भोट गर्नुभयो भने पक्कै पनि उनले मिस वर्ल्डको ताज लगाएर नेपाल फर्किनेछन् |

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै