• २०८१ बैशाख ६ बिहीबार

बहुउपयोगी जडीबुटी अमलाका फाइदैफाइदा !

kharibot

काठमाडौँ । धेरै प्रकारका रोगको निदानमा प्रयोग हुने जडीबुटीहरुमध्ये बहुउपयोगी जडीबुटी हो अमला । त्रिफलाको एक अंग अमलाका अनेक गुण छन् । शरीरसम्बन्धी अनेक रोगको उपचारका लागि यसको प्रयोग गरिन्छ ।

धूलो, लेप बनाएर अथवा तेल निकालेर अमलालाई औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । विशेषतः अमलाले पेट, छाला र कपालसम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ । जाडो मौसममा बढी फल्ने अमलाका प्रमुख विशेषता यसप्रकार छन् :

बोसो घटाउँछ 

अमला खानाले शरीरमा प्रोटिनको स्तर वृद्धि हुन्छ र नाइट्रोजन सन्तुलित रहन्छ । यसले शरीरमा लागेको बोसो घटाउन सहयोग गर्छ । यसबाहेक अमलाका अन्य धेरै गुण छन् जसले शरीरलाई फाइदा पुर्याउँछन् । 

मानसिक अवस्थालाई नियन्त्रित राख्छ

अमला भिटामिन सीको प्रमुख स्रोत हो । अनुसन्धताहरुका अनुसार दुई सुन्तलामा हुने भिटामिन एक अमलामा हुन्छ । यसमा पाइने नियोपाइनफ्राइन नामक तत्त्वले मानसिक क्रियालाई नियन्त्रित राख्छ । 

कपाल फुल्न दिँदैन 

बाल्यावस्था अथवा युवावस्थामै कतिपयको कपाल फुल्न सुरु भइसकेको हुन्छ । यस्तो अवस्थामा मानिसहरु कपाललाई रङ्गाउने  गर्छन्, तर यसले कपाललाई झन् कमजोर बनाउँछ । अमलाको नियमित सेवन गर्ने हो भने सेतो कपालबाट छुटकारा पाइन्छ । अमलालाई मेहेन्दीमा पनि मिसाएर लगाउन सकिन्छ । यसले कपाललाई बलियो बनाउँछ । अमलालाई काटेर नरिवल अथवा तोरीको तेलमा मिसाई कपाल मालिस गर्नाले कपाल स्वस्थ रहन्छ । 

मुखको दुर्गन्ध र चाउरीपना हटाउँछ

अमलाले रक्तकोशिकामा फ्याट जम्न दिँदैन । रक्तअल्पता, कमलपित्तमा पनि अमला उपयोगी मानिन्छ । यसको नियमित सेवनले मुखको दुर्गन्ध हटाउनुका साथै अनुहारको चाउरीपना हटाउँछ । मौसम परिवर्तन भइरहेको र चिसो बढिरहेको समयमा अमलाले निकै फाइदा पुर्याउँछ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट हुने भएकाले अमलाको नियमित सेवन गर्ने हो भने संक्रमण भएर लाग्ने रोगले आक्रमण गर्न सक्दैन । 

पाचन प्रणाली ठीक राख्छ

अमलामा फाइबरको मात्रा बढी हुन्छ । यसले शरीरमा उत्पन्न हुने टक्सिनलाई हटाउँछ र ग्यास्ट्रिकको समस्याबाट छुटकारा दिलाउँछ । यसको अमिलो र टर्रो स्वादले पाचन प्रणालीलाई सक्रिय राख्छ । 

आँखासम्बन्धी रोग लाग्न दिँदैन 

अमलामा हुने एन्टिअक्सिडेन्टले रेटिनालाई अक्सिडाइज हुनबाट बचाउँछ । यसको नियमित सेवनले मोतीविन्दु, रतन्धोजस्ता समस्याबाट आँखालाई बचाउँछ । 

यसको जुस बनाई नियमित पिउने हो भने फोक्सो र मिर्गौलासम्बन्धी रोगबाट छुटकारा पाइन्छ । त्यस्तै, अमलाको जुसले पत्थरी हुनबाट पनि जोगाउँछ । 
अमलाले यौवन शक्ति प्रदान गर्नुका साथै वृद्धवृद्धालाई तन्दुरुस्त बनाई बल प्रदान गर्ने पनि बताइन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै