• २०८१ बैशाख १३ बिहीबार

टुबोर्ग ओपन फेष्ट सम्पन्न

kharibot

काठमाडौं । अमेरिकी निर्माता तथा डिजे डिप्लोद्वारा होटल अन्नपूर्णमा आयोजित टुबोर्ग ओपन फेस्ट २०१८ को मञ्च रोमाञ्चक शैलीमा सम्पन्न भएको छ । नेपाली कलाकार लाउरे, विपुल क्षेत्रीको सहायतामा डिप्लोले यो कन्सर्ट सफलता पूर्वक सम्पन्न गरेका हुन् । 

कन्सर्टको सुरुवात लाउरेद्वारा भव्यशैलीमा भएको थियो । लाउरेको उत्कृष्ट प्रदर्शनीपश्चात् विपुल क्षेत्री र व्यान्डले मञ्चलाई अझै रोचक बनाउदै कार्यक्रम अघि बढाएका थिए ।

यस्तै नितेष जङ्ग कुँवरको रमाईले प्रस्तुतीले मञ्च अझ रमणीय भएको थियो भने यसै क्रममा रोहित शाक्य र त्रिशला गुरुङ्गको जोडिले ४५ मिनेट सम्म दर्शकमाँझ मनोमोहक प्रस्तुती प्रदान गरी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

अन्तीममा कार्यक्रमका मूख्य अकर्षण, अन्तर्राष्ट्रिय ख्यातीप्राप्त डिजे डिप्लोले मञ्चमा रौनक दिन आएका थिए जसले उक्त सांगितीक साँझलाई अझ अविस्मरणीय बनाएका थियो ।  

उक्त विश्वव्यापी ट्रयाक टुबोर्ग स्टे ओपन को ११ मे २०१८ मा प्रदर्शनी भएको थियो र नेपाली संस्करणको लिरिक्स् भिडियो भने जुनमा मात्र प्रदर्शनीमा आएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै