• २०८१ बैशाख १३ बिहीबार

नेपाल विदेशी सैनिकको परेड स्थल बन्यो : नेकपा प्रमुख सचेतक गुरुङ

kharibot

भक्तपुर । नेकपाका प्रमुख सचेतक देव गुरुङले देशी बिदेशी तत्वहरु मिलेर नेपाललाई विदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले नेपाली भूमिलाई कुनै न कुनै तवरले दुरुपयोग गर्ने क्रम बढेकाले नेपालको राष्ट्रियता खतरमा परिरहेको बताए । उनले नेपालमा स्थिरता कायम गर्न नसके नेपाल विदेशी सैनिकहरुको क्रीडास्थल बन्नुका साथै एक प्रकारको अफगानिस्थानको मोडेल बन्ने बताए । 

नेपालको भूमि दुरुपयोग गरि एक चीन नीतमा हमला गर्ने र तिब्बतको मामलामा समेत हस्तक्षेपकारी भूमिकामा बिदेशीहरु लागीरहेको उनको भनाइ छ । 

जनताको जनमत अनुसरा राज्यका सबै अंगहरु रुपान्तरण हुन नसक्दा जनताले सोचे अनुरुप कामहरु हुन नसकेको उनले बताए । सबै विषयहरुलाई मध्यनजर गर्दै सरकारले तीव्ररुपमा काम समेत गरिरहेको उनको भनाइ छ ।

संघियता कार्यान्वयन गर्ने विषयमा केही अन्यौलता देखिएकाले केही ढिला सुस्ती भएको बताउँदै संक्रमण अवस्था जारी नै रहेकाले सिस्टमा रुपमान्तरण गर्दै जानुको विकल्प नभएको बताए । 

उहाँले संबिधानत देशमा बहुदलीय प्रणाली रहेको भनेता पनि देश दुई दलीय प्रणालीतर्फ जान लागेको बताए । दुई दलयी व्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्टहरु एक भएर जानुको विकल्प नरहेको समेत उनले बताए ।

हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मक भन्दा पनि सकारात्मक रहेको बताउँदै काँग्रेसले विभिन्न विधेयकहरु पारित गर्दा देखाएको सम्र्थनले प्रष्टाएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उनले बताए ।

प्रधानमन्त्रीले विभिन्न क्षेत्रको शक्ति आफ्नो मातहतमा लिएको बिषय सहि र गलत समयले पैष्टाउने भन्दै हाल सम्म प्रधानमन्त्रीले सकारात्मक कामलाई प्राथामिक्ता दिएर काम गरिरहेको उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै