• २०८१ बैशाख १३ बिहीबार

विवाह गरेको ६ महिनामै आमा बनिन् अभिनेत्री नेहा धुपिया  

kharibot

मुम्बई। बलिउड अभिनेत्री नेहा धुपियाले छोरीलाई जन्म दिएकी छन्। अंगद बेदीसँग ६ महिना अघि गत मे मा गोप्य रुपमा विवाह गरेको यो जोडी छोरीको माता पिता बनेको हो । यसअघि नेहा र अंगदले हतार हतार विवाह गर्नुको पछाडि नेहा गर्भवती भएको मिडिया रिपोर्ट सार्वजनिक भएको थियो ।

नेहा र अंगदले यस रिपोर्टलाई नकार्दै आएपनि पछि भने सो रिपोर्ट साँचो रहेको स्वीकार गरेका थिए । साथै आफुहरु पहिलो सन्तानको मातापिता बन्न लागेको जानकारी पनि दिएका थिए । 

अभिनेत्री नेहा धुपियाले आफू गर्भवती भएको खबर लुकाउनुको पछाडिको कारण काम रहेको बताएकी थिइन् । साथै गर्भवती भएको खबरले आफूलाई कामका अफरहरु बन्द हुनसक्ने डरका कारण उक्त खबर लुकाएको बताएकी थिइन् । 

नेहाले ६ महिनासम्म गर्भवती भएको कुरा कसैले थाहा नपाएको र पेट ठूलो नदेखिएकाले आफूलाई काम गर्न सजिलो भएको पनि बताएकी थिइन । उनी गर्भावस्थामा समेत सक्रिय भएर काम गर्दै आइरहेकी थिइन् । नेहाले हाल टेलिभिजन च्याट शोको सिजन तीन फिल्टर नेहा चलाइरहेकी छन्। उक्त सो मा हालै उनले आफ्ना पति अंगदलाई बोलाएर आफ्नो प्रेगनेंसीको बारेमा अनेकौ खुलासा गरेकी थिइन्। 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै