• २०८१ बैशाख ६ बिहीबार

राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही

kharibot

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आइतबार बिहान रारा तालमा डुङ्गा सयर गर्दै । तस्बिरः नृपेन्द्रबहादुर मल्ल, मुगु, रासस

रारा। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताएका छन् ।

शाहीले पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास गर्न दबाब सिर्जना होस् भन्ने उद्देश्यका साथ गत वैशाख १ गते प्रधानमन्त्रीसहितको टोली रारा पुरयाएर कर्णाली रारा पर्यटन वर्ष २०७५ को घोषणा गरेपनि संघीय सरकारले खासै चासो नदेखाएको आरोप लगाए । 

फरक प्रसङ्गमा मन्त्री शाहीले नाग्म–गमगढी–रारा तथा नाग्म–गमगढी–नाक्चे लाग्ना सडकका लागि विश्व बैंक, बेलायती विकास सहयोग नियोगलगायत अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने चासो देखाएको जानकारी दिए । 

सङ्घीय सरकारसँगको विस्तृत छलफल गराई सङ्घीय सरकारको अनुमति पाउनेबित्तिकै विश्व बैंकले सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाउने शाहीले बताए । 

राराको पर्यटन विकासका लागि निकुञ्ज पनि बाधक देखिएकाले यसका लागि प्रदेश सरकारले राष्ट्रिय निकुञ्ज नियमावली बनाउन पहल गर्ने र नियमावली बनि सकेपछि रारामा बन्ने अन्तर्राष्ट्रिय मापदण्डका सुविधा सम्पन्न होटेल खुल्न सहज हुने उनले बताए । 

सुविधा सम्पन्न होटेल तथा पूर्वाधार विकासका लागि सबैभन्दा पहिले मुगु र मध्यवर्ती क्षेत्रका स्थानीयवासीको शेयर लगानी गर्ने र स्थानीयलाई फाइदा पुग्ने गरी मात्र प्रदेश सरकारले पर्यटन विकासको काम गर्ने मुख्य मन्त्री शाहीको दाबी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै